शुक्रबार, फाल्गुन १८, २०८०
Friday, March 1, 2024
spot_img

विज्ञान शिक्षक समाज पर्वतको अध्यक्षमा फेरि पनि सुवेदी

पर्वत : नेपाल विज्ञान शिक्षक समाज पर्वतको पहिलो अधिवेशनले फेरि पनि प्रोमोद सुवेदीकै अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ ।

आदर्श अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय कुश्मामा आयोजित अधिबेशनले सर्बसम्मत रुपमा सुवेदीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अरुण कुमार उपाध्याय, सचिबमा याम नारायण चापागाईं, सहसचिव मनोज न्यौपाने, कोषाध्यक्षमा दिपेन्द्र लामिछाने चयन भएका छन् । समितिका सदस्यहरूमा मोदी गाउँपालिकाबाट दिपक शर्मा पौडेल, कुश्मा नगरपालिकाबाट ऋषिराम शर्मा, जलजला गाउँपालिकाबाट दिनेश पौडेल, फलेवास नगरपालिकाबाट श्रीराम भुषाल, महाशिला गाउँपालिकाबाट लेखनाथ अधिकारी, बिहादी गाउँपालिकाबाट बिष्णुप्रसाद न्यौपाने र पैयुँ गाउपालिकाबाट सुदर्शन रेग्मी चयन भएका छन् । यस्तै, केन्द्रीय प्रतिनिधिमा राजेन्द्र रिजाल र प्रदेश प्रतिनिधिमा थान प्रसाद भुसाललाई चयन गरिएको छ ।

कार्यक्रममा पर्वत जिल्लाका सातवटै पालिकाबाट विज्ञान बिषय अध्यापन गराउने करिब ६० जना भन्दा बढी विज्ञान शिक्षकहरूको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पौडेल, विशिष्ट अतिथि कुश्मा नगरपालिका शिक्षा अधिकृत दिपक सुवेदी, विज्ञान शिक्षक समाज गण्डकी प्रदेशका संयोजक राजकुमार ढकाल, कोषाध्यक्ष चन्द्रबहादुर खड्का, विज्ञान शिक्षक समाज बागलुङका अध्यक्ष सुवास कँडेल, आदर्श अङ्ग्रेजी आवासिय मा.वि.का लेखा प्रमुख धर्मबहादुर पौडेल क्षेत्री लगायत रहेका थिए ।

स्थानीय तहमा विस्तार भएका समितिका अध्यक्षहरु जिल्ला कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था अनुसार कुश्मा नगरपालिकाबाट दयाशङ्कर उपाध्याय, फलेवास नगरपालिकाबाट बुद्धिमान थापा, मोदी गाउँपालिकाबाट दीपक शर्मा, बिहादी गाउँपालिकाबाट जोखबहादुर सोनी, पैयुँ गाउँपालिकाबाट लोकमणी काफ्ले, महाशिला गाउँपालिकाबाट रेशमलाल चापागाईँ र जलजला गाउँपालिकाबाट मेखबहादुर भण्डारी समितिमा आएका छन् ।

कार्यक्रममा विज्ञान शिक्षक समाज कुश्मा नगर समितिका सचिव दिपेन्द्र लामिछानेले स्वागत मन्तब्य राखेका थिए भने सहभागीको तर्फबाट विज्ञान शिक्षक समाज बिहादी गाउँपालिकाका अध्यक्ष तथा शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक जोख बहादुर सोनी लगायतले बोलेका थिए । विज्ञान शिक्षक समाज पर्वतका अध्यक्ष प्रोमोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामनारायण चापागाईँले गरेका थिए । उक्त कार्यक्रममा राजकुमार ढकाल, सुदर्शन लिम्बु लगायतले प्रयोगात्मक कार्य र परियोजना कार्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive