मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

शारदा आधारभूत विद्यालय रुग्दीमा सरस्वती मन्दिर निर्माण, चन्दादातालाई सम्मान

पर्वत : जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको शारदा आधारभूत विद्यालयमा नवनिर्वित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ ।
बुधबार श्रीपञ्चमीको अवसर पारेर फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले मन्दिरको उद्घाटन गरेका हुन् । विद्यालयले सामाजिक सञ्जाल फेसबुकमार्फत विद्यालयमा सरस्वती मन्दिर निर्माणार्थ सहयोग सङ्कलन अभियान सुरु गरेपछि प्राप्त भएको रकमबाट मन्दिर निर्माण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक ईन्द्रप्रसाद सापकोटाका अनुसार नगदतर्फ आठ लाख ८२ हजार आठ सय ३० रुपैयाँ उठेको छ । जसमध्येको आठ लाख ४५ हजार एक सय १२ रुपैयाँ खर्च भएको छ । मन्दिरको मूर्तिका लागि बद्री तिवारीले ५१ हजार रुपैयाँ, शर्मा मेटल उद्योगले २१ हजारको लागतमा च्यानल गेट सहित अन्य सहयोगदाताहरुबाट पनि नगद तथा जिन्सी प्राप्त भएका छन् ।


कार्यक्रमकै अवसर पारेर विद्यालयको अभियानमा सबैभन्दा धेरै सहयोग रकम उपलब्ध गराएका सहित अन्य चन्दादाताहरुलाई सम्मान गरिएको छ । सबैभन्दा धेरै हाल अमेरिकामा रहेकी रेणु शर्मा सापकोटाले एक लाख आठ हजार, मञ्जु सापकोटा खरेलले एक लाख, बद्री तिवारीले ५१ हजार एक सय ११ र हाल अमेरिकामा रहेका सन्दिप सापकोटा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।


कार्यक्रमकै अवसरमा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले विद्यालयमा अक्षयकोष स्थापनाका लागि २५ हजार रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराएका छन् । त्यसक्रममा बोल्दै उनले संघीय सरकारले विद्यार्थीको लागि उपलब्ध गराँदै आएको खाजा रकम काटेको भए पनि फलेवास नगरपालिकाले भने कक्षा छ मा अध्ययनरत विद्यार्थीहरुको लागि खाजा रकम दिँदै आएको बताए । सामुदायिक विद्यालयको अवस्थामा थप सुधार ल्याउनको लागि अभिभावकहरुले विद्यालयका गतिबिधिमा नियाल्ने र आफू पनि सहभागी हुनुपर्ने उनको भनाई छ । शारदा आधारभूत विद्यालयमा पिउने पानीको समस्या रहेको देखिएकोले त्यसको समाधानका दागि नगरपालिका तयार रहेको पनि नगरप्रमुख तिवारीले बताएका छन् ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सापकोटाले मन्दिर निर्माणको क्रममा सङ्कलन भएको रकम र लगानी भएको रकम समावेश भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा वडा कार्यालयले विद्यालयका लागि एक् थान रङ्गीन प्रिन्टर उपलब्ध गराएको थियो भने भूतपूर्व विद्यार्थी प्रदीप सापकोटाले स्वस्थ पिउने पानीका लागि वाटर डिस्पेन्सर उपलब्ध गराएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकनारायण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, अभिभावक, समाजसेवी लगायतकाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा शिक्षक योगेन्द्र सापकोटाले स्वागत मन्तब्य राखेका थिए भने सञ्चालन शिक्षक अर्जुन सापकोटाले गरेका थिए ।

उक्त सरस्वती मन्दिरको शिलन्यास गत बर्षको श्रीपञ्चमीका दिन विद्यालय संस्थापक ९४ बर्षिय दुर्गा दत्त सापकोटाले गरेका थिए । सहयोगदाताहरुको सहयोगमा एक बर्षमा नै मन्दिर निर्माण गर्ने अभियान थालेकोमा निर्धारित समयमा नै विद्यालयले लक्ष्य पूरा गरेको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive