शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025

कुश्मा नगरपालिकाका विद्यालयलाई कक्षा ८ को परीक्षा व्यवस्थापनबारे अभिमुखीकरण

फाल्गुन १७, २०८०
पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकामा रहेका विद्यालयहरूका लागि इमिस व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा रहेको आधुनिक प्रविधियुक्त ल्याब प्रयोगात्मक रूपमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा कक्षा ८ को अन्त्यमा लिइने आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुने विद्यार्थीहरूको विवरण अद्यावधिक लगायतका विषयमा प्रशिक्षण दिइएको छ । जसमा विद्यार्थीहरूका विवरण अद्यावधिक, परीक्षा सञ्चालन, अङ्क प्रविष्टिको नयाँ प्रणाली, विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित विभिन्न पक्षहरूको बारेमा अनलाइनमार्फत काम गर्ने तरीकाको बारेमा प्रशिक्षण दिइएको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले बताए ।
कक्षा ८ को परीक्षा सञ्चालन गर्ने नगरपालिकाका करिब ३० वटा विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा विद्यालयका तथ्याङ्कलाई डिजिटल रूपमा एकीकृत गर्ने नयाँ तयारीको  बारेमा सिकाइएको थियो । यससँगै कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको विवरण रुजु गरी अद्यावधिक गर्ने, विभिन्न मापदण्ड सहित तयार पारिएका प्रयोगात्मक परीक्षाको अङ्क प्रविष्ट गर्ने, नगर शिक्षा शाखाले सैद्धान्तिक अङ्कको प्रविष्टि गर्ने लगायतको बारेमा शिक्षा अधिकृत सुवेदी र नारायण माध्यमिक विद्यालय कुश्माका शिक्षक संजय रेग्मीले अभिमुखीकरण गरेका थिए ।
कार्यक्रममा सिकाई अनुभवबारे बोल्दै शुभकल्याण आधारभूत विद्यालय आर्थरका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतम र नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक खेमनाथ शर्माले अभिमुखीकरणमा सिकेको कुरालाई परीक्षा व्यवस्थापनमा सहज हुने बताए । विद्यालयका तथ्याङ्कलाई एकीकृत रूपमा व्यवस्थापन गरी अनलाइनमा राख्नको लागि कार्यक्रम उपयोगी भएको बताए ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले कुश्मा नगरपालिकाका शिक्षकहरुले परीक्षा व्यवस्थापनमा गरिरहेको काम प्रशंसनीय रहेको बताए । कक्षा ८ को परीक्षा सञ्चालनमा नगर शिक्षा शाखाले निर्देश गरेका कुराहरू समयमा नै सम्पन्न गर्ने गरेकोमा धन्यवाद दिँदै उनले शिक्षा क्षेत्रमा धेरै काम गर्नुपर्ने भए पनि बजेटको अभावमा धेरै कार्यक्रमहरू स्थगित अवस्थामा रहेको बताए ।
शिक्षा अधिकृत सुवेदीले प्रविधिका माध्यमबाट विद्यालयका तथ्याङ्कहरू एकीकृत गरेर राख्दा अद्यावधिक विवरणहरू सहजै पाउन सकिने बताए । विद्यालयलाई डिजिटल बनाउन बजारमा विभिन्न सफ्टवेयरहरू रहेको भए पनि विद्यालयहरूले इमिसमा अनिवार्य रूपमा काम गर्नुपर्ने भएकोले इमिसमा हरेक विद्यालय अद्यावधिक भएको हुनुपर्ने उनको भनाई थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive