मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

निर्माणदेखि उद्धारसम्म सेनाको भूमिका अब्बल छ : रक्षा सचिव शर्मा

पर्वत : रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले पूर्वाधार निर्माणदेखि विपद् व्यवस्थापनसम्म नेपाली सेनाको भूमिका अब्बल रहेको बताएका छन् ।
शुक्रवार मनाइँदै गरेको महाशिवरात्रि तथा सेना दिवस–२०८० को अवसरमा शुभकामना व्यक्त गर्नै उनले नेपाली सेनाले अन्तर्राष्ट्रिय स्तरमा शान्ति पुनर्स्थापना पूरा गरिरहेको भूमिकादेखि देशको विकासका लागि गरिरहेको कामहरूको बारेमा उल्लेख गरेका छन् ।
नेपाली माटो र नेपाली जनताको सुरक्षादेखि अन्तर्राष्ट्रिय शान्ति स्थापना, मुलुकको विकट भूभागमा सडक पूर्वाधार निर्माणदेखि पर्यावरण र प्रकृति संरक्षण, भूकम्प र बाढी पहिरो पीडितदेखि विभिन्न प्रकारका प्राकृतिक प्रकोप र महामारीबाट प्रभावित आम जनताको उद्धार, कल्याण र पुनः स्थापनामा सेनाले क्रियाशीलताका साथ गरिरहेको काम प्रशंसनीय रहेको सचिव शर्माले बताएका छन् ।
नेपाल एकीकरणमा अग्रणी भूमिका निर्वाह गरी निरन्तर राष्ट्रिय एकता र राष्ट्रिय हितको संरक्षणमा गौरवपूर्ण योगदान गर्दै आएको नेपाली सेना समस्त नेपाली जनताको आस्था, विश्वास र भरोसाको केन्द्रका रूपमा रहेको भन्दै उनले राज्यको सबैभन्दा अनुशासित, व्यावसायिक र बफादार राष्ट्रसेवकहरूको सङ्गठन पनि नेपाली सेना नै भएको बताएका छन् । साथै उनले महाशिवरात्रिको अवसरमा शुभकामना दिँदै आम नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
शुक्रवार नेपाली सेनाको दुई सय ६१औँ वार्षिकोत्सव मनाइँदै छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ र यस क्रमको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ ।
विश्वयुद्ध देखि गृहयुद्धसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिँदै आएको छ । भूकम्प होस् या कुनै दुर्घटना या अन्य कुनै प्राकृतिक प्रकोप, सेना हरेक ठाउँमा पुगेर सामाजिक सेवाको काम पनि गर्दै आएको छ । बाटोघाटो, खेलमैदान, परेड, राष्ट्रिय शान देखि वैदेशिक शान्ति सैनिकका रूपमा नेपाली सेना अब्बल छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive