बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

‘पहिचानवादी हुँ भन्नेहरू पहिचानवादी होइनन्, बरु म हुँ पहिचानवादी’ : अध्यक्ष थेबे

चैत्र १३, २०८०

पर्वत : नेकपा (एमाले) निकटको युवाहरूको सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले पहिचानवादी हुँ भन्नेहरू वास्तविक पहिचानवादी नभई बरु आफू नै पहिचानवादी भएको बताएका छन्।
पार्टीको साङ्गठनिक कार्यका लागि विभिन्न जिल्लामा पुगिरहेका उनी आइतबार साँझ पर्वत आइपुगेका थिए। सोही अवसर पारेर प्रेस चौतारी पर्वतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थेबेले देशमा रहेका सबै खालका पहिचानलाई स्वीकार गरेकाले आफू पहिचानवादी भएको भन्दै पहिचानवादी हुँ भन्दै हिँडेकाहरू पहिचानवादी नभएको तर्क गरे।
अरूको पहिचान नै स्वीकार गर्न नसक्नेहरूले आफैले आफैलाई पहिचानवादी घोषणा गर्दैमा त्यस्ता व्यक्तिहरू पहिचानवादी नहुने अध्यक्ष थेबेको भनाई छ। ‘खास पहिचानवादी म हुँ। किनभने पहिचान भनेको सबैको साझा कुरा हो। सबैको पहिचान स्वीकार गर्ने व्यक्ति पो पहिचानवादी हुन्छ त। मैले अरूको पहिचान नै स्वीकार गर्न सकिन भने म कसरी पहिचानवादी हुन सक्छु? अहिले पहिचान वादीको नाम लिने साथीहरू पचिानवादीको रूपमा देखिनुभएको छैन’, उनले भने, ‘किनभने उहाँहरूले आफ्नो मात्र पहिचान हो भन्नुहुन्छ, अरूको पहिचानलाई पहिचान नै भन्नुहुन्न। हामी नेकपा एमालेका जनहरू सबैका पहिचानलाई स्वीकार गर्छौँ।’
कसैको विशेष पहिचान भएमा त्यो पहिचानको रक्षा गर्ने काम एमालेले नै गर्ने भन्दै उनले महागुरु फाल्गुनन्दलाई एमालेले नै राष्ट्रिय विभूति बनाएको उल्लेख गरे।
दुर्गा प्रसाईँले एमालेका विरुद्धमा गरिरहेका क्रियाकलापहरूको बारेमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै उनले प्रसाईँ एमालेका विरुद्ध लागे पनि राष्ट्रिय युवा सङ्घ नेपालले कोही पनि व्यक्तिलाई ईकिंत गरेर कुनै पनि अभियान नचलाउने बताए।
प्रसाईँले आफूलाई सफल भनेर देखाउन र स्वार्थ पूरा गर्न पटक पटक युवा सङ्घमा आएको भन्दै अध्यक्ष थेबेले आफ्ना स्वार्थ पूरा गर्न प्रसाईँ ‘फण्डा’ मा नै व्यस्त रहेको धारणा राखे। ‘उनले हो की हो की जस्तो भनेर आफ्नो मक्षत पूरा गर्न फण्डा गरिरहेका छन्। मक्षत पूरा नभए बैङ्किङ कसुरमा जेल जाने अवस्था छ। आर्थिक अपचालनका कारण उनी निकै अविचलित भएका छन्’, उनले थपे, ‘जनतामा भ्रम सिर्जना गर्नेमा नै उनको ध्यान छ। एक÷दुई वटा विषय उठाएर जनतालाई हो की त जस्तो बनाइदिने त्यही मौकामा आफूले लाभ लिइहाल्ने उनको बानी हो।’
विधि र शासनका माध्यमबाट समृद्ध नेपाल बनाउने काम एमालेले गरिरहेको देखेर नै प्रसाईँ एमालेमाथि खनिएको पनि अध्यक्ष थेबेको दाबी छ। राष्ट्र र राष्ट्रियताप्रति एमाले प्रतिबद्ध भएकै कारण प्रसाईँले आफूलाई एमालेको विरुद्धमा केन्द्रित गरेको उनको तर्क छ।
आफू पक्राउ डरले पनि प्रसाईँले एमालेलाई गाली गरिरहेको भन्दै उनले आर्थिक अपचालन वा बैङ्किङ कसुरमा प्रसाईँ पक्राउ पर्ने जोखिममा रहेको बताए। सरकारले बैङ्किङ कसुरमा पक्राउ गरे पनि एमालेलाई गाली गरेका कारण पक्राउ गरेको हो भन्ने गलत तथ्य जनमानसमा फैलाउनकै लागि पनि उनी एमालेविरुद्ध लागिरहेको अध्यक्ष थेबेको तर्क छ।
प्रसाईँका जस्ता नराम्रा काम गर्नेहरूलाई छुट दिने हो भने राम्रा मान्छे छायामा पर्ने र समाज गलत बाटोमा हिँड्ने भएकाले त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिलाई नियन्त्रणमा नलिए राज्य नै कमजोर बन्ने उनको सुझाव छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive