बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

बिहादीमा शल्यक्रिया सहितको निशुल्क स्वास्थ्य शिविर हुँदै

पर्वत : पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका समुदायका लक्षित गरि शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । शिविरमा दुई हजार पाँच सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिने लक्ष्य लिईएको छ । शिविरबाट कोही पनि बञ्चित नहुन भनेर गाउँपालिकाले जेष्ठ नागरिक र अशक्त व्यक्तिलाई यातयातको व्यवस्था गरेको छ । शिविरमा जटिल रोगका बिरामीलाई निःशुल्क अप्रेशनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

शिविरमा गाउँपालिका भित्रका मात्र नभई अन्य पालिका र छिमेकी जिल्लाका नागरिकले पनि सेवा लिने विश्वास गरिएको छ । शिविरमा १६ प्रकारका रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको छ । जसमध्ये जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ई.सी.जी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा र मुटु रोगको विज्ञ चिकित्सक तथा प्राविधिकहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ ।

शिविर बिहादी गाउँपालिकाको आर्थिक सहयोग, अध्यक्ष गुरुङको समन्वय र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल काठमाडौँको प्राविधिक सहयोग आयोजना गरिएको हो । गाउँपालिकाले विगतदेखी नै निःशुल्क स्वास्थ्य शिविर संचालन गदै आएको छ । यहाँका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरेको गाउँपालिकाका अध्यक्ष बताए । उनले भने,‘स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले स्वास्थ्यमा विशेष ध्यान दिएका छौँ, यहाँका जनताको स्वास्थ्यप्रति हामी संवेदनशील छौँ ।’,

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive