मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

मन छुने स्वर र शब्दमा शिव परियारको ‘मेरा सुरहरू’

चैत्र १७, २०८०
पर्वत : यहाँ धेरैका सपनाहरू अधुरै छन्, धेरैका भावनाहरू अपूरै छन्। यहाँ चाहेका गीत बन्नै बाँकी छन् अनि भन्न खोजेका कुरा भन्नै बाँकी छन्। कसैले केही शब्दहरू कोरिदिए पनि त त्यसले ‘म’ लाई छुन्थ्यो। यहाँ आवाजले नयाँ शब्द खोज्दै छ अनि आरोह अवरोहसँग प्रश्न सोध्दै छ।
लोकप्रिय गायक शिव परियारले शुक्रवार मात्रै सार्वजनिक गरेको गीत सुन्नुपर्छ अनि बल्ल लाग्छ की गीत जसले सुनिरहेको छ उही श्रोताको भावना गीतमा बजिरहेको छ। परियारकै स्वरमा रहेको नयाँ गीत ‘मेरा सुरहरू’ मा यस्तै भावहरू समेटिएका छन्, जुन स्वयं परियारकै जीवन होस वा श्रोताको जीवनमा भइरहेका छन्।
मनिसिस बशिष्ठको शब्द रचना रहेको गीतमा शङ्कर थापाले सङ्गीत भरेका छन्। गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन्।
यस्ता छन् गीतका शब्दहरू
मेरा सुरहरू अधुरा छन्,
मेरा भावहरू अपूरा नै छन्,
मैले चाहेको गीत बन्नै बाँकी छ,
मैले भन्न खोजेको भन्नै बाँकी छ ।
कसैले केही केही शब्दहरू कोरिदिए हुन्थ्यो,
जसले म भित्रको म लाई छुन्थ्यो ।
मेरो आवाज नयाँ शब्द खोज्दै छ,
आरोह अवरोहसँग प्रश्न सोध्दै छ ।
मेरा सुरहरू अधुरा छन्,
मेरा भावहरू अपूरा नै छन् ।
षड्ज अझै भेट्न सकेको छैन,
मन्द भइसक्यो मनको गति,
मध्यम स्वरको रियाजमा, बिर्सिसकेँ मैले सम्झे जति ।
मेरा सुरहरू अधुरा छन्,
मेरा भावहरू अपूरा नै छन्,
मैले चाहेको गीत बन्नै बाँकी छ,
मैले भन्न खोजेको भन्नै बाँकी छ ।
यहाँ सुन्नुहोस् गीत (हेडफोनको प्रयोगले अझै आनन्दित बनाउन सक्ने छ)
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive