बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

सहकारी संस्थाहरूबाट लिएको ऋण चुक्ता गर्न जलजला गाउँपालिकाको अनुरोध

चैत्र २५, २०८०
पर्वत : जिल्लाको जलजला गाउँपालिकाले सहकारी संस्थाहरू समस्याहरूबाट गुज्रिरहेको भन्दै ऋणीहरूलाई ऋण चुक्ता गर्न अनुरोध गरेको छ ।
सहकारी ऐन, २०७४ को परिच्छेद १४ को दफा ७९ र ८३ सहकारी नियमावली २०७५ को परिच्छेद ८ को दफा ३० र ३२ (उपदफा १) तथा जलजला गाउँपालिका सहकारी ऐन, २०७५ को परिच्छेद १४ को दफा ५८ र ६१ बमोजिम मौजुदा कानुनी व्यवस्था बमोजिम सम्बन्धित निकायमा लेखी पठाइने भएकोले समयमा नै ऋण चुक्ता गर्न गाउँपालिकाले अनुरोध गरेको हो ।
गाउँपालिकाले जारी गरेको सूचनामा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सर्त र सम्झौता बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको साँवा र व्याज सम्बन्धित सहकारी संस्थामा समय सीमा भित्र नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
जलजला गाउँपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका केही सहकारी संस्थाहरूमा समेत विविध समस्याहरूले सहकारीको व्यवस्थापनमा असहज परिस्थिति सिर्जना भएको गाउँपालिकाले बताएको छ । सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूको बचत निक्षेप रकम नै ऋणीहरूलाई कर्जाको रूपमा प्रवाह गर्ने गरेको सूचनामा उल्लेख छ ।
ऋणी सदस्यहरूले लिएको ऋण रकमको समयमा नै साँवा तथा व्याज रकम भुक्तानी गर्नुपर्नेमा केही ऋणीहरूले बहानाबाजी गर्ने तथा केही पक्षहरू सहकारी तथा वित्तीय संस्थाहरूको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक तथा गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासा आएको पनि गाउँपालिकाले बताएको छ । केही सहकारी संस्थाहरूले तरलताको समस्या औँल्याउँदै सदस्यहरूको बचत फिर्ता गर्न नसकेको समेत पाइएको सूचनामा उल्लेख छ ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive