मङ्लबार, अशोज १५, २०८१
Tuesday, October 1, 2024

पैयुँपाटामा एक हप्ते उद्घोषण तथा भाषण कला तालिम शुरु

बागलुङ/ बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटामा महिलाहरूको क्षमता विकासका लागि एक हप्ते उद्घोषण तथा भाषण कला तालिम शुरु भएको छ ।

पैयुँपाटा सामुदायिक सिकाई केन्द्रको आयोजनामा आजदेखि शुरू भएको तालिमको उद्घाटन बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेले गर्नुभएको थियो । तालिम उद्घाटन पछि बोल्दै पोखरेलले बोल्ने कलाको विकासले समाजका धेरै क्रियाकलापमा नेतृत्व र व्यक्तित्व स्थापित गर्न सकिने भन्दै तालिमले महिलाहरूको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बागलुङ नगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले मानव जीवनमा उद्घोषण तथा भाषण कलाको विशेष महत्व रहेको वताउँदै एक हप्ते तालिमबाट प्राप्त ज्ञानलाई जीवनका हरेक आयामहरूमा उपयोग गर्न र सार्थक बनाउन सहभागी महिलाहरूलाई सुझाव दिनुभयो ।

कार्यक्रममा पैयुँपाटा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुडामणि शर्माले सामुदायिक विकासका हरेक क्रियाकलापहरूमा महिलाहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेको भन्दै तालिमबाट महिलाहरू व्यक्तित्व र नेतृत्व विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा तालिमका प्रशिक्षक ओमप्रसाद शर्मा घायलले तालिमले महिलाहरूको क्षमता विकास र वाककलामा आमुल परिवर्तन आउने विश्वास व्यक्त गर्दै तालिममा सहभागी सबै महिलाहरूलाई आत्मविश्वासका साथ तालिम लिन अनुरोध गर्नुभएको थियो ।

पैयुँपाटा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुडामणि शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक सिकाई केन्द्रका सदस्य एवं वडा सदस्य रेशमबहादुर खत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सामाजिक परिचालक दुर्गा शर्मा पौडेलले गर्नुभएको थियो । तालिम २०८१ वैशाख १ गतेसम्म सञ्चालन हुने वताइएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive