शनि, असार ७, २०८२
Sat, June 21, 2025

बूढानीलकण्ठ स्कुल काठमाडौँमा भर्ना हुन आवेदन आह्वान

चैत्र २९, २०८०

पर्वत : बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रमअन्तर्गतको छात्रवृत्ति परीक्षासम्बन्धी सूचना प्रकाशन भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा पाँच देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरूमध्येबाट छात्रवृत्तिमा छनोटका लागि आह्वान भएको हो ।
छनोट हुनका लागि २०७०/०१/०१ गतेदेखि २०७१/१२/३० गतेसम्म जन्म भई कम्तीमा कक्षा तीन र कक्षा चार मा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८० मा कक्षा चारको अध्ययन पूरा गरेको हुनुपर्ने भनिएको छ । छात्र–छात्रामध्ये भौगोलिक क्षेत्र तथा लक्षित समुदायसमेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यताक्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने सूचनामा उल्लेख छ ।
यही चैत २८ गते तथा चैत २९ गते बिहीबार बिहान ८ः०० बजे देखि १०ः०० बजेसम्म दरखास्त फाराम बुझाउन सकिने छ । दरखास्त फाराम bnks.edu.np, cehrd.gov.np वा moest.gov.np बाट डाउनलोड गगरेर भर्नुपर्ने तथा फाराममा तोकिएबमोजिम सिफारिस तथा प्रमाणित गराई आवश्यक कागजातसहित आफ्नो जिल्लालाई तोकिएका परीक्षा केन्द्रमा बुझाउनुपर्ने भनिएको छ ।
लिखित परीक्षा चैत २९ गते बिहीबार बिहान ११ः०० बजेका लागि राखिएको छ । कक्षा ४ मा पढाइ हुने विषयहरू नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न आउने छन् ।
आवेदन दस्तुर एक सय रुपैयाँ राखिएको छ । संस्कृत माध्यमिक विद्यालय पोखरामा राखिएको परीक्षा केन्द्रमा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, पर्वत र मनाङका विद्यार्थीले परीक्षा दिन सक्ने छन् । यस्तै म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयमा म्याग्दी बागलुङ, मुस्ताङ, पर्वत, म्याग्दी र मनाङका विद्यार्थीले परीक्षा दिन पाउने छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive