शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

जनजागृति आधारभूत विद्यालयमा पुरस्कार वितरण

पर्वतको फलेवास नगरपालिका २ थापाठानामा रहेको जनजागृति आधारभूत विद्यालयका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

विद्यालयमा उक्त अवसरमा विद्यार्थीलाई पोशाक वितरण संगै शिक्षकको बिदाई कार्यक्रम पनि गरिएको छ । यस्तै समृति कोषबाट प्राप्त अक्षयकोष समेत वितरण गरिएको छ । विद्यालयले वार्षिक परीक्षामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । नेपाली काँग्रेस पर्वतका पार्टी उपसभापति एवं पूर्व विद्यार्थी शिवप्रसाद सुबेदीले जेहेन्दार विद्यार्थीलाई व्यक्तिगत खर्चमा पोशाक वितरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी सुबेदीले कार्यक्रम लाई सम्बोधन गर्दै शैक्षिक विकासमा आफू संधै प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पाठ्यक्रमको मर्म अनुसार विद्यार्थी र शिक्षकले मिहेनत गरेपनि नेपालमा पछिल्लो समय यूवा बिदेश पलायन हुने क्रम बढ्नु दुखको कुरा भएको बताउनुभयो ।

नेपालमा पाठ्यक्रमले निर्दिष्ट गरेको लक्ष्य लागु हुन नसकेको भन्दै नेता सुबेदीले राज्य र सरोकारवालाले गाउँमै रमाउने र कमाउने किसीमको शैक्षिक कार्यक्रम ल्याउन आवश्यक रहेको धारणा राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक दिलबहादुर क्षेत्री, शिक्षक भूपू शिक्षक रुद्रनारायण क्षेत्री, विद्यालय व्वस्थापन सदस्य दुर्गा तिवारी, विद्यार्थी अनुष्का थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त विद्यालयले अनिवार्य अवकाश प्राप्त शिक्षक कृष्णबहादुर क्षेत्रीलाई सम्मान सहित विदाई गरिएको थियो । कार्यक्रमको स्वागत शिक्षक ज्ञानप्रसाद तिवारीले गर्नुभएको थियो भने सञ्चालन शिक्षक सन्तोष थापा क्षेत्री र राजकुमार सुबेदीले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive