बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वत रेडक्रसलाई गैरआवासीय नेपालीले दिए एम्बुलेन्स

असार २३, २०७८

पर्वत : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् र अन्तर्राष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखालाई एम्बुलेन्स प्रदान गरेका छन्।

परिषद् सदस्य तथा समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठको पहलमा करिब १४ लाख मूल्य बराबरको एम्बुलेन्स पर्वत रेडक्रसले पाएको हो। एम्बुलेन्स पहलकर्ता श्रेष्ठले पर्वत रेडक्रसका सभापति रुद्रबहादुर रिमाललाई हस्तान्तरण गरेका छन्।

बिरामी भएको बेलामा तथा उद्धार गर्नका लागि जिल्लाका थुप्रै ठाउँमा एम्बुलेन्सको आवश्यकता रहेको भए पनि रेडक्रसलाई सहयोग गरेपछि सबै नागरिकले सेवा पाउने भएकाले रेडक्रसलाई नै एम्बुलेन्स दिइएको समाजका सल्लाहकार श्रेष्ठले बताए। गैरआवासीय रूपमा विभिन्न देशमा रहेका नेपालीहरूको मन सधैँ मातृभूमिप्रति समर्पित रहने बताउँदै उनले आउँदा दिनमा पनि विगतमा जस्तै सहयोगलाई निरन्तरता दिइने बताए।

एम्बुलेन्स ग्रहण गर्दै रेडक्रसका सभापति रिमालले दुवै संस्थासँगको सहकार्यमा भूमिका निर्वाह गरी संस्थालाई एम्बुलेन्स दिएकोमा सहयोगदाताहरूलाई धन्यवाद दिए। गैरआवासीय रूपमा रहेका नेपालीहरूले आफ्नो गाँस काटेर भए पनि गरेको सहयोगबाट किनिएको एम्बुलेन्सको सदुपयोग गर्ने र समयमा नै सेवा दिनका लागि आफूहरू खट्ने बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive