बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

विश्व रेडक्रस दिवस : नारायण मा.वि. मा वक्तृत्व प्रतियोगिता

पर्वत : आज परेको विश्व रेडक्रस दिवसको अवसर पारेर सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा वक्तृत्व प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलको आयोजनामा ‘सङ्कटपूर्ण मानवता रक्षामा रेडक्रसको भूमिका’ विषयमा भएको प्रतियोगितामा कुल २६ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा सन्तोष पौडेल प्रथम, अनुप पोख्रेल द्धितीय तथा प्राप्ती शर्मा तृतिय तथा जेनी रेग्मी, कुशल रेग्मी र इरासना पुरी तृतिय बनेका छन् ।
प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कारस्वरुप शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । जुरेसका सदस्य अंशराज बि.क.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जुरेसका सदस्य प्रवेश रिजालले गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरुको सक्रिय सहभागिताले नै विद्यार्थीको नतिजा राम्रो आउने गरेको बताए । जिल्लाका बिभिन्न स्थानमा आयोजना हुँदै आएका कार्यक्रमहरुमा पनि नारायण मा.वि.का विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउनुको कारण नै सक्रिय सहभागी हुनु रहेकोले अन्य विद्यार्थीहरुलाई पनि सक्रियताका लागि अनुरोध गरे ।

 

 

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive