मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

शिवालयमा मा.वि.को जुरेस पुनर्गठन

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ ।
विश्व रेडक्रस दिवसको अवसर पारेर बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच नयाँ समिति निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँले बताए । उक्त समिति कक्षा १० मा अध्ययनरत छात्र सौरभ शर्माको अध्यक्षतामा पुनर्गठन भएको हो ।
पुनर्गठित सर्कलको उपाध्यक्षमा सुवानी श्रेष्ठ, सचिवमा सृष्टि नेपाली, सहसचिवमा विनीता परियार, कोषाध्यक्षमा सोनिया नेपाली र सह कोषाध्यक्षमा प्रशंसा गिरी चयन हुनुभएको भएको छ । पुनर्गठित सर्कलका विद्यार्थीहरूलाई प्रमुख संरक्षक तथा प्रधानाध्यापक चापागाईँले अबिर लगाएर सफल कार्यकालको शुभकामना दिए ।
नवगठित सर्कलले बुधवार नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व रेडक्रस दिवस मनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकाबीच म्युजिकल चेयर प्रतियोगिता र सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । म्युजिकल चेयर प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive