मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

समुन्नत बिहादीका लागि सबै सामुदायिक विद्यालयमा सामूहिक छलफल

पर्वत : ‘समुन्नत बिहादी निर्माणको आधार, बिधालयसंग स्थानीय सरकार’ भन्ने अभियानका साथ पर्वतको बिहादी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा सामूहिक छलफल गरिएको छ ।

गाउँपालिकामा रहेका सामुदायिक बिधालयमा समग्र शैक्षिक गतिविधिलाई सुधार गर्ने उद्धेश्यले शिक्षा क्षेत्रका समस्य तथा जिम्मेवारीको विषयमा छलफल गरिएको हो । सोही अवसरमा शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि सबै वडाका सामुदायिक विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया समेत गरिएको छ । कार्यक्रममा गाउँपालिकाका छ वटै वडाबाट विद्यालयको अवस्था र समस्याका बारेमा छलफल गर्दा शिक्षक, अभिभावक र विद्यार्थीबाट शैक्षिक सुधारका लागि रचनात्मक सुझावहरु आएका छन् ।
अन्तरक्रिया सहभागी भएका गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले विकासको पक्ष भौतिक र मानव विकास भए पनि भौतिक विकासमा भन्दा मानव विकास महत्वपूर्ण भएको बताए । आफ्नो कार्यकालमा मानव विकासलाई अझ बढी जोड दिइएको भन्दै उनले मानव विकास भएमा भौतिक विकास स्वतः हुने तर्क गरे । विकासलाई सन्तुलित रुपमा अगाडि बढाउन सकेमा ‘समुन्नती’ को सपना टाढा नरहेको अध्यक्ष गुरुङको भनाइ छ ।

शिक्षा क्षेत्र बहुआयामिक र बहुपक्ष समेट्ने क्षेत्र भएकाले मानिसको चेतनादेखि बानी व्यवहारसम्म यसैले प्रभाव पार्ने उनले बताए । एक पटक प्रयासमा गर्दैमा मात्र शैक्षिक सुधार नहुने भएकोले योजनाबद्ध रुपमा निरन्तर लागेर कार्यान्वयन भएको हुनुपर्ने अध्यक्ष गुरुङको भनाइ छ । योजना निर्माण, कार्यान्वयन र त्यसको प्रतिफल प्राप्त गर्न शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति दृढ बन्नुपर्ने सुझाव उनले दिएका छन् । छ वटै वडाहरुबाट आएका सुझावलाई सङ्कलन गरेर शिक्षा समिति हुँदै कार्यपालिकाबाट कार्यवन्यन गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तिवारीले जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्षको मात्र भए पनि शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरुको कार्यकाल जीवनपर्यन्त भएकाले आफ्नो गाउँघरलाई योगदान गर्ने कार्यमा शिक्षकहरु पनि उत्तिकै जिम्मेवार रहने बताइन् । उनले आगामी दिनमा कार्ययोजनालाई मूर्तरुप दिन तथा विद्यालय क्षेत्रमा तत्काल सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न सबै पक्षको सल्लाह र सुझावको लागि अनुरोध गरिन् ।

सुझाव संकलनलाई थप प्रभावकारी बनाउन गाउँपालिकाको शिक्षा शाखाका अधिकृत भिम बहादुर नेपालीले सरोकारवालासँग अपिल गरेका छन् । कार्यक्रमहरुमा सहजीकरण गाउँपालिकाको शिक्षा समितिका सदस्य गुण बहादुर सुनारले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive