बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

त्रिभुवन आधारभूत ठूलीपोखरीमा बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित लामपाटामा रहेको त्रिभुवन आधारभूत विद्यालयमा शिक्षकहरूको बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा आयोजित एक समारोहकाबीच सेवा निवृत्त हुनुभएका,  विद्यालयबाट अन्य विद्यालयमा सरुवा हुनुभएका शिक्षकहरूलाई बिदाइ तथा अन्य विद्यालयबाट त्रिभुवनमा आउनुभएका शिक्षकलाई स्वागत गरिएको हो । सेवा निवृत्त हुनुभएका विद्यालयका निवर्तमान प्रधानाध्यापक विनोद सुवेदी, विद्यालय सहयोगी गङ्गादेवी सापकोटा र जनज्योति प्राथमिक विद्यालयमा सरुवा हुनुभएकी शिक्षक कल्पना कुमारी शर्मा र जनता सुदर्शन माध्यमिक विद्यालयमा सरुवा हुनुभएका शिक्षक दामोदर पौडेललाई दोसल्ला सम्मान पत्र र मायाको चिनो प्रदान गरी बिदाइ गरिएको हो ।
जनज्योति प्राथमिक विद्यालयबाट त्रिभुवन आधारभूत विद्यालयमा सरुवा भई आउनुभएका शिक्षक रामप्रसाद लामिछानेलाई सोही अवसरमा स्वागत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष झलक प्रसाद रिमालले सेवा निवृत्त हुनुभएका शिक्षकहरूको बाँकी समय सुखद रहोस् भन्ने कामना गर्दै विद्यालयमा आउनुभएका शिक्षकहरूलाई स्वागत गर्नुभयो । शिक्षकहरूको मिहिनेतले नै शैक्षिक गुणस्तर कायम हुने भन्दै उहाँले शैक्षिक सुधारका लागि सम्भव कामहरू गर्न वडाका जनप्रतिनिधिहरू तयार रहेको भनाइ राख्नुभयो ।
कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष हेम शर्मा आचार्य, समाजसेवी हेमराज सापकोटा, बिदाइ हुनुभएका शिक्षक दामोदर पौडेल, सेवा निवृत्त हुनुभएका निवर्तमान प्रधानाध्यापक विनोद सुवेदी, प्रधानाध्यापक अशोक के.सी.,  लगायतले मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा वक्ताहरूले विद्यालयमा एकैसाथ शिक्षकहरूको सरुवा र अवकाशले शैक्षिक समस्या उत्पन्न भएको र उक्त समस्या समाधानको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
त्यसै गरी विद्यालयबाट बिदाइ हुनुभएका शिक्षक तथा कर्मचारीहरूले विद्यालयको लागि भौतिक सामग्री तथा आर्थिक सहयोग समेत उपलब्ध गराउनुभएको छ । सोही अवसरमा विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुतिहरू राखेका थिए । शिक्षक बलराम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक कृष्णप्रसाद आचार्यले गर्नुभएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive