पर्वत : नेपाल शिक्षक संघको ३५ औँ स्थापना दिवसको अवसरमा नेपाल शिक्षक सङ्घ कुश्मा नगरपालिकाको आयोजनामा पर्वतको कुश्मा नगरपालिका–५ मोदीबेणी दिव्य धाममा फलफूल वितरण गरिएको छ ।
सभापति मिम शर्मा लामिछानेका अनुसार विगतमा पनि विभिन्न अवसरमा कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको र आइतबार पनि सोही अनुसार कार्यक्रम गरिएको हो । संस्थाको स्थापना दिवसको अवसरमा दिव्य धाममा बस्दै आएका ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण सहित गङ्गा स्नान र भजन कीर्तन पनि गरिएको हो । कार्यक्रममा नेपाल शिक्षक सङ्घ पर्वत जिल्ला कार्यसमितिका अध्यक्ष यज्ञनाथ बास्तोला, महन्त टिकाराम वैरागी, मोदीवेणी दिब्यधामका अध्यक्ष केशवदास वैरागी लगायत, शिक्षक नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू लगायतको पनि उपस्थिति रहेको थियो ।
उपाध्यक्ष भोजकुमारी शर्माको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा बोल्दै सङ्घका जिल्ला अध्यक्ष बास्तोलाले नगर कार्यसमितिले गर्दै आइरहेका विभिन्न कामहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रशंसा गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन सचिव महेन्द्र कुमार जोशीले गर्नुभएको थियो ।