बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

किसान महासङ्घ थापाठानाको अधिवेशन सम्पन्न

पर्वत : नेपाल किसान महासङ्घ फलेवास नगरपालिका–२ थापाठानाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
तुल बहादुर थापाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर थापा मगर, सचिवमा शान्ति जि.सी, कोषाध्यक्षमा दिल बहादुर थापा, सहसचिवमा दुर्गा कार्की चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा ताराबहादुर अर्याल क्षेत्री, सगुन कुँवर, गोपाल भण्डारी र मनीषा कुँवर रहनुभएको छ ।
नेपाली काँग्रेस पर्वतका उपसभापति र किसान महासङ्घ फलेवास नगर कमिटीका भीम बहादुर क्षेत्री लगायतको सहभागितामा अधिवेशनको आयोजना गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदीले किसानलाई सबल नबनाएसम्म देशको समृद्धि नहुने बताउँदै कृषकहरूको समस्या समाधानको लागि राज्यका सबै पक्ष समान रूपले लाग्नुपर्ने बताउनुभयो । बि.पी. कोइरालाको सिद्धान्त नै कृषक र झुपडीमा बस्नेहरूसँग जोडिएको भन्दै उहाँले काँग्रेस झुपडीमा बस्नेहरूसमक्ष नहुने हो भने पार्टी पनि कमजोर हुने उल्लेख गर्नुभयो ।
किसानको भावना नबुझ्ने  र किसानलाई आत्मनिर्भर बनाउन नसक्ने हो भने देशको आर्थिक वृद्धिमा प्रगति हुन नसक्ने उपसभापति सुवेदीको भनाइ छ । नेपालका कृषकहरूले थुप्रै प्रकारका समस्याहरू भोगिरहेका भन्दै उहाँले देशका अवस्थाकै कारण युवाहरू पलायन भएको तर्क गर्नुभयो । राज्यले युवाका लागि ठोस नीति तथा कार्यक्रम नल्याउने र बाँदरका कारण कृषकहरूले भोगिरहेको समस्याको समाधान नहुने हो भने कृषि क्षेत्र नै समस्यामा परिरहने उपसभापति सुवेदीले बताउनुभयो ।
कार्यक्रममा हेम अधिकारी, विष्णु शर्मा, जित बहादुर थापा, सनम बेगम, थमनसिंह थापा लगायतले बोल्नुभएको थियो । भिमबहादुर लम्साल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन किसान महासङ्घ फलेवास नगरपालिकाका सचिव रामकृष्ण रेग्मीले गर्नुभएको थियो । स्वागत मन्तव्य प्रदेश महाधिवेशन प्रतिनिधि राजेन्द्र कुमार श्रेष्ठले राख्नुभएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive