बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

जेष्ठ १६, २०८१

गण्डकी : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। सर्वोच्च अदालतको परमादेशबाट आज मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आजै तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्।

मुख्यमन्त्री पाण्डेसँगै कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले पनि मन्त्री पदको शपथ लिएका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने थापाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। अबको ३० दिन भित्र कांग्रेसले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशसभााबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेशसभामा ठूलो दलको हैसियतबाट मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत पाउने सम्भावना भने देखिएको छैन। गण्डकीमा कांग्रेसको २७ मत छ। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३१ मत आवश्यक छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive