मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

जनक मा.वि.का विद्यार्थीलाई सामग्री सहयोग

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारी स्थित थुमका विद्यार्थीहरूलाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको छ ।
बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच समाजसेवी तथा व्यवसायी पिपलटारीस्थित सालघारीका लोकप्रसाद अधिकारीले स्थानीय जनक माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूको लागि उनीहरूको परिचय खुल्ने परिचय पत्र वितरण गरेका हुन् । विगतका वर्षमा पनि सोही विद्यालयमा परिचय पत्र वितरण गर्ने लगायतका सहयोग गर्दै आइरहेका अधिकारीले त्यसैलाई निरन्तरता दिँदै यस वर्ष विद्यालयमा अध्ययनरत एक सय १६ जना विद्यार्थीहरूलाई सहयोग गरेका हुन् ।
सोही अवसर पारेर विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चले सम्पूर्ण विद्यार्थीहरुको लागि एक÷एक थान डायरी उपलब्ध गराएको छ ।
विद्यालयका प्रधानाध्यापक टेकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष रामचन्द्र सुवेदीले सामुदायिक विद्यालयका आर्थिक क्रियाकलाप सञ्चालनको लागि सरकारकातर्फबाट आउने खर्च धेरै नहुने बताए । तर समाज सेवामा सक्रिय रहेका सामाजिक व्यक्तिहरूले विभिन्न अवसर तथा मौका पारेर दान वा पुण्यको काम गर्दा धेरै विद्यार्थीहरूको राहतको अनुभूति गर्न पाउने उनको भनाई छ ।
सहयोग प्रदान गरेका समाजसेवी अधिकारीले मानवीय गुणमध्येको एक समाजसेवालाई विगतमा जस्तै निरन्तरता दिँदै जाने बताए । सामाजिक सेवाले मानिसलाई आत्मसन्तुष्टि मिल्ने भएकाले आफ्नो कमाइको केही न केही परिमाणलाई सेवामा लगाउँदा पुण्य प्राप्ति हुने उनको भनाई छ।
उक्त कार्यक्रमको सञ्चालन भीमराज सापकोटाले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive