मङ्लबार, माघ २२, २०८१
Tuesday, February 4, 2025

राष्ट्रपति बाइइेनका छोरा हन्टर दोषी ठहर, २५ वर्षको जेल सजाय हुन सक्ने

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। सन् २०१८ मा ह्यान्ड गन खरिद गर्दा लागूऔषधबारे झुट बोलेको अभियोगमा उनी  दोषी ठहरिएका हुन्।​

डेलावेयर राज्यको एक अदालतले ५४ वर्षीय हन्टरलाई तीन वटा आरोपमा दोषी ठहर्‍याएको हो। बहालवाला अमेरिकी राष्ट्रपतिको छोरा दोषी ठहरिएको यो घटना पहिलो रहेको बीबीसीले जनाएको छ।  ह्यान्ड गन खरिद गर्दा बाइडनले भरेको फारममा उनले आफू लागूऔषधको दुर्व्यसनी रहेको कुरा लुकाएका थिए।

हन्टरलाई संघीय बन्दुक कानुनअन्तर्गत अधिकतम २५ वर्षसम्मको जेल सजाय र साढे ७ लाख अमेरिकी डलरसम्मको जरिवाना हुनसक्ने बताइएको छ।

यद्यपि पहिलोपटक यस्तो अपराध गर्नेलाई यति लामो सजाय तोकिने सम्भावना निकै न्यून रहेको बताइएको छ। अदालतले हन्टरविरुद्धको मुद्दामा मध्य अक्टोबरतिर सजाय तोक्ने छ। तर, उनले उच्च अदालतमा पुनरावेदन गर्ने जनाइएको छ।

राष्ट्रपति बाइडेनले आफ्नो छोराविरुद्धको मुद्दामा कुनै बाधा नपुर्‍याउने र अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन्।

आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदैछ। राष्ट्रपति बाइडेन पनि दोस्रो कार्यकालका लागि उम्मेदवार छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive