शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025

सङ्गीत दिवसको अवसरमा गुप्तेश्वर बेदबेदाङ्गमा भौतिक सहयोग 

असार ७, २०८१
पर्वत : आज परेको विश्व सङ्गीत दिवसको अवसर पारेर पर्वतको कुश्मामा रहेको गुप्तेश्वर बेदबेदाङ्ग पाठशाला गायत्री मन्दिर कुश्मामा सहयोग गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको आयोजना ‘सङ्गीत दिवस संगीतालयमा’ कार्यक्रम अन्तर्गत सांस्कृतिक कार्यक्रम सहित कुर्चीहरू वितरण गरिएको प्रतिष्ठान पर्वतकी अध्यक्ष पूजा कार्कीले बताउनुभयो । म्याग्दी घर भई हाल बेलायतमा रहनुभएका योगेन क्षेत्रीले १० वटा, प्रतिष्ठान पर्वतका आजीवन सदस्य समेत रहनुभएका आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीबाट आठ वटा, प्रतिष्ठान पर्वतका संस्थापक अध्यक्ष चित्र सागर श्रेष्ठ, प्रथम उपाध्यक्ष सन्तोष सुवेदी, सदस्य सन्दीप बस्याल र शोभा रिमालबाट प्राप्त भएका एक/एक थान कुर्चीहरू वितरण गरिएको हो । कार्यक्रममा कलाकारहरूले सङ्गीत दिवसका अवसरमा सङ्गीत सहित भजन, दोहोरी लगायतका साङ्गीतिक प्रस्तुतिहरू पनि राख्नुभएको थियो ।
प्रतिष्ठानको टोलीले दिवसकै अवसर पारेर प्रतिष्ठान पर्वत शाखाको दर्ता भएको प्रमाणपत्र पनि बुझेको छ । प्रतिष्ठानको केन्द्रीय समितिले जिल्लाका शाखाहरूलाई आफ्ना जिल्लामा दर्ता भएर सञ्चालनमा आउन निर्देशन गरे अनुसार केही दिनको प्रयासपछि संस्था दर्ता भएपछि आज प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माकै हातबाट संस्था दर्ताको प्रमाण समेत दिइएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
कार्कीकै अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल हिमबहादुर पौडेल रहनुभएको थियो । प्रतिष्ठान पर्वतका सल्लाहकार कृष्ण खेली, पूर्व अध्यक्ष आर.सी. पौडेल, आजीवन सदस्य मानकुमारी गिरी लगायतले बोल्नुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सन्तोष सुवेदी र सञ्चालन सहसचिव अर्जुन थापाले गर्नुभएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive