शनि, माघ १०, २०८२
Sat, January 24, 2026

पर्वत र बागलुङका युवाहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

असार ७, २०८१
पर्वत : गण्डकी प्रदेश सरकारको आयोजनामा पर्वतका युवाहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना भएको हो ।
सामाजिक विकास कार्यालयमार्फत भएको कार्यक्रममा युवा नीति र यूथ भिजन, युवाका सवाल र बहस, सरकारी स्तरबाट विभिन्न तहका सरकारहरूका युवा लक्षित कार्यक्रम र युवा सहभागिता, बस्ती स्तरका योजना तर्जुमा, निर्माण र कार्यान्वयनमा युवा क्लबको भूमिका र बर्तमन अभ्यासको स्थिति, युवा क्लब गठन विधि, नवीकरणका प्रक्रिया र लेखा परीक्षण, युवा क्लब बैठक प्रक्रिया, असल बैठकका विशेषता, युवा नेतृत्व र असल नेतृत्वका गुण लगायतका विषयमा कार्यक्रममा सहजीकरण गरिएको थियो । कार्यक्रममा सहभागी भएकाहरूले कार्यक्रम उपलब्धिमूलक रहेको भन्दै कम्तीमा पनि पाँच दिनका लागि कार्यक्रमको आयोजना गर्न अनुरोध गरेका थिए ।
युवा समिति पर्वतका अध्यक्ष थमनारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टङ्कराज ढकालले स्वागत, सामाजिक विकास मन्त्रालयका उपसचिव प्रकाश देवकोटाले औचित्यको बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रमको उद्देश्य युवा क्लब गठन गर्ने विधि र प्रक्रियाका बारेमा जानकारी गराई स्थानीय तहमा युवा क्लबहरूको अवस्था पहिचान गर्ने, अभिलेखीकरण गर्ने र विकास प्रक्रियामा योजना छनौट र कार्यान्वयन पनि सहभागी गराउने रहेको उहाँहरूले बताउनुभयो ।
कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन मन्त्रालयको युवा शाखाका प्रमुख तारानाथ सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा बागलुङ र पर्वतका करिब एक सय जनाभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै तिवारीले नगरसभाको पूर्व सन्ध्यामा आयोजित कार्यक्रमले आफूलाई युवा लक्षित कार्यक्रम तय गरी युवाका भावना सवाल र विषयहरू उजागर गर्न तथा उनीहरूमा अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्दै योजना निर्माण गर्न सहयोग पुगेको बताउनुभयो ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive