बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

जलजलाका स्वास्थ्य संस्थाको मासिक समीक्षा, बासखर्क उत्कृष्ट

पर्वत : पर्वतको जलजला गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूको काम र तिनीहरूको अवस्थाको बारेमा समीक्षा गर्न मासिक समीक्षा बैठक सम्पन्न भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा आगामी वर्षका लागि सञ्चालन गर्नुपर्ने कार्यक्रम, स्वास्थ्य संस्थाका समस्या र चुनौती तथा तिनीहरूको समाधानको उपायका बारेमा छलफल भएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ देखि हरेक मासिक बैठकमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत गर्ने गाउँपालिकाको निर्णय अनुसार बासखर्क स्वास्थ्य चौकीलाई पुरस्कृत समेत गरिएको छ । पहिलो महिनाको बैठकमा स्वास्थ्य संस्थाका तर्फबाट प्रस्तुत हुने विभिन्न सूचकका आधारमा कुल ५० अङ्क प्राप्त गर्दै बासखर्क स्वास्थ्य चौकी उत्कृष्ट बनेको हो । उत्कृष्ट बनेसँगै उक्त स्वास्थ्य संस्थाले केही नगद रकम पाएको छ ।
समीक्षा बैठकमा गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, सामाजिक विकास समितिका संयोजक गौ बहादुर पुन, सदस्य प्रकाश बहादुर घर्ती क्षेत्री, वडा नम्बर ७ का वडा अध्यक्ष टुङनाथ आचार्य, स्वास्थ्य कार्यालय पर्वतमा कार्यरत जनस्वास्थ्य अधिकृत ममता ढकाल, स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था प्रमुख, संस्थामा कार्यरत अन्य स्वास्थ्यकर्मीहरूको पनि सहभागिता रहेको थियो ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive