शुक्र, माघ ९, २०८२
Fri, January 23, 2026

जलजलामा वडा कार्यालयबाटै सम्पत्ति तथा भूमि कर तिर्न शिविर

साउन १९, २०८१
पर्वत : जिल्लाको जलजला गाउँपालिकाले नागरिकको सहजताका लागि वडा कार्यालयहरूबाटै सम्पत्ति तथा भूमि कर तिर्न शिविर सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा जग्गा वर्गीकरण अनुसार सम्पत्ति तथा भूमि कर सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने भएकाले हरेक वडा कार्यालयमा तालिका अनुसारको कार्यक्रम तय गरिएको छ । सबै वडा कार्यालयबाट सम्पत्ति तथा भूमि कर सेवा सञ्चालन गर्ने निर्णय अनुसार तोकिएका मितिमा आफ्नो कर सफ्टवेयरमा प्रविष्ट गराउन सेवाग्राहीहरूको जग्गा धनी प्रमाण पुर्जा समेत सफ्टवेयरमा चढाउनको लागि गाउँपालिकाको कार्यालयबाट टोली खटाउने तयारी भइरहेको छ । उक्त समयमा सेवाग्राहीहरूले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र र जग्गा धनी प्रमाण पुर्जा सहित वडा कार्यालयमा पुगेर आफ्ना विवरणहरू अद्यावधिक गराउन सक्ने अध्यक्ष आचार्यले बताए ।
वडा नं. १ बाँसखर्कमा साउन २० गते, वडा नं. २ माझफाँटमा २१ गते, वडा नं. ३ माझफाँटमा २२ गते, वडा नं. ४ माझफाँटमा २३ गते, वडा नं. ५ लेखफाँटमा २४ गते, वडा नं. ६ शालिजामा २९ गते, वडा नं. ७ धाइरिङमा ३० र ३१ गते, वडा नं. ८ नाग्लीवाङमा साउन ३२ र भदौ एक गते तथा वडा नं. ९ बनौँमा भदौ दुई गतेका लागि समय निर्धारण गरिएको छ ।
कर्मचारीहरूको टोली वडा कार्यालयमा पुगेको बेलामा विवरणहरू अद्यावधिक गराउन छुटेमा पुनः गाउँपालिकाको केन्द्रमा पुगेर काम गर्दा नागरिकलाई सास्ती हुने भएकोले निर्धारित दिनका लागि समय व्यवस्थापन गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यले गाउँपालिकावासीलाई अनुरोध गरेका छन् ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive