शनि, माघ १०, २०८२
Sat, January 24, 2026

लामखुट्टे र लार्भा खोज्दै कुश्मा नगरपालिका

साउन २४, २०८१

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले लामखुट्टे नष्ट गर्नका लागि लामखुट्टे, लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान सुरु गरेको छ।

पछिल्ला केही दिन यता डेंगु संक्रमितहरूको संख्या ह्वात्तै बढ्दै गएको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले बिहीबारदेखि यो अभियान सुरु गरिएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख याम प्रसाद शर्माले बताए।

बजारमा पानीको अभाव हुने सक्ने पिरले भाँडामा केही दिनदेखि पानी जम्मा गरेर राख्ने, घरका छत तथा कौसीमा राखिएका फूलदानीमा लामखुट्टेले प्रजनन गर्ने, ग्यारेजहरूमा लामो समयदेखि जम्मा पारेर राखिएका पुराना टायर तथा अन्य सामग्रीहरूमा पानी जम्मा भएर बस्ने, सडक छेउछाउमा रहेका झाडी तथा पानी जम्मा हुन सक्ने प्लास्टिकजन्य बस्तुहरूमार्फत पनि लामखुट्टेको प्रकोप बढ्ने भएकाले बजारमा क्षेत्रमा सरसफाइ अभियान थालिएको हो।

अभियानमा सहभागी जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारी, जनप्रतिनिधि तथा बजार वासीहरूले घरघरमा पुगेर जम्मा गरेर राखिएको पानी पोख्ने तथा डेंगु फैलिने कारण, असर र यसको रोकथामको बारेमा सचेतना फैलाएका थिए।

‘हामीले अभियानका क्रममा जमेको पानी पोख्दैमा लामखुट्टे नियन्त्रणमा आउँदैनन्। यसको अर्थ बजारवासी र जिल्लावासीहरू स्वयंले आ–आफ्नो घर र वातावरणमा सफा गर्नुपर्छ भन्ने सन्देशका लागि हो,’ स्वास्थ्य शाखा प्रमुख शर्माले भने, ‘पछिल्ला दिनमा सङ्क्रमण ह्वात्तै बढ्दै गइरहेको छ। संक्रमितहरूको संख्या बढ्नु भनेको लामखुट्टेमार्फत नयाँ संक्रमितहरू थपिँदै जाने सम्भावना हो।’
वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु संक्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ। स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार साउन महिनाको हालसम्म जिल्लाका ५६ जना बिरामीमा डेंगु पुष्टि भएको छ। सुरुका दिनमा दैनिक एक÷दुई जनामा पुष्टि भएको भए पनि पछिल्ला दिनमा एकै दिनमा नौ जनासम्ममा डेंगु पुष्टि भएको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive