शनि, मंसिर २७, २०८२
Sat, December 13, 2025

पर्वतका ट्राफिक प्रहरीलाई ‘रोट्रयाक्ट क्लब अफ पर्वत’ को रक्षा बन्धन

भदौ ३, २०८१
‘रोट्रयाक्ट क्लब अफ पर्वत’ ले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई रक्षा बन्धन डोरी बाँधेर यस वर्षको रक्षा बन्धन मनाएको छ ।
‘रोट्रयाक्ट क्लब अफ पर्वत’ का अध्यक्ष रोट्रयाक्टर गौतम पौडेलका अनुसार ‘ट्राफिक प्रहरीसँग राखी’ कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीलाई राखी बाँधेर चाड मनाइएको हो । विगतमा पनि ‘रोट्रयाक्ट क्लब अफ पर्वत’ ले पर्वत ट्राफिकसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको थियो । सहकार्यमा सामाजिक काम गर्दै आएका दुई संस्थाबिच सहकार्यमा चाड पनि मनाउने अभ्यास स्वरूप यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताए ।
जिल्ला ट्राफिक कार्यालय पर्वतको प्राङ्गणमा आयोजित कार्यक्रममा ‘रोट्रयाक्ट क्लब अफ पर्वत’का अध्यक्ष पौडेलकै   अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझा सहित अस्थायी प्रहरी चौकी बान्द्रेबिणीका प्रहरी सहायक निरीक्षक मीन बहादुर खत्री, रोट्रयाक्ट डिष्ट्रक ३२९२, नेपाल भुटानका डिस्ट्रिक्ट ब्लड डोनर्स एन्ड सेल चेयर एवं रोट्रयाक्ट क्लब अफ पर्वतका पूर्व अध्यक्ष रोट्रयाक्टर अर्जुन बहादुर के.सी. (मिसन), रोट्रयाक्ट क्लब अफ पर्वतका निमित्त पूर्व अध्यक्ष रोट्रयाक्टर सुजन पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा १३ जना रोट्रयाक्टर एवं १२ जना ट्राफिक प्रहरी गरी कुल २५ जनाको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै पर्वतका ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले रोट्रयाक्ट क्लब अफ पर्वतले बिदाको दिन आफ्नो जिम्मेवारी बहन गरिरहेका प्रहरीहरूको निमित्त आयोजित कार्यक्रमप्रति खुसी व्यक्त गरे । चाडबाडको बेलामा पनि नागरिकको सेवामा तल्लीन ट्राफिक प्रहरीहरूको हौसलाको लागि क्लबले गरेको कामको प्रशंसा गर्दै उनले आगामी दिनहरूमा पनि क्लबसँगको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्दै जाने बताए ।
कार्यक्रमका अध्यक्ष गौतम पौडेलले आफ्नो व्यस्त समयको वावजुत पनि क्लबको निमन्त्रणलाई स्वीकार गरी सँगै चाड मनाउन ट्राफिक प्रहरीले दिएको समयप्रति आभार व्यक्त गरे । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत  तथा अस्थायी प्रहरी चौकी बान्द्रेबिणीमा कार्यरत सकल दर्जाको सहभागितामा कृतज्ञता अर्पण गरेका छन् । आगामी दिनहरूमा पनि विगतमा जस्तै ट्राफिक प्रहरीसँगको सहकार्यमा रचनात्मक र जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्न आफूहरू उत्साहित रहेको अध्यक्ष पौडेलले बताए ।
आजको कार्यक्रमको सञ्चालन रोट्रयाक्ट क्लब अफ पर्वतका सचिव रोट्रयाक्टर दिवाकर अधिकारीले गरेका थियो ।
क्लबले यस अगाडि गत साउनको अन्तिम सोमबार सदरमुकाम कुश्मा बजारमा प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफा परिसर सरसफाइ कार्यक्रमको आयोजना गरेको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive