मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

भदौ २१ मा पिपलटारीमा दोस्रो तीज मेला आयोजना हुँदै

भदौ ३, २०८१
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित पूर्णेश्वर भूतपूर्व समाजको आयोजनामा विभिन्न नौ वटा विधामा कार्यक्रम हुने गरी दोस्रो पिपलटारी तीज मेलाको आयोजना हुने भएको छ ।
यही भाद्र २१ गते हरितालिका तीजको दिन आयोजना हुने मेलामा खुल्ला तीज गीत प्रतियोगिता,  खुल्ला छेलो प्रतियोगिता, वडाभित्रको मैत्रीपूर्ण भलिबल प्रतियोगिता, कृषि प्रदर्शनी, लाखे तथा नागानाच प्रदर्शन, विद्यार्थी मेच घुमाई, दाता सम्मान, पद्मगीता अक्षयकोष पुरस्कार वितरण र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति लगायत विविध सांस्कृतिक प्रस्तुतिहरू राख्न लागिएको छ ।
खुल्ला तीज गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई पुरस्कार स्वरूप क्रमशः  ११ हजार एक सय ११, सात हजार सात सय ७७ र पाँच हजार पाँच सय ५५ सहित नगद र प्रमाण पत्रको व्यवस्था गरिएको छ । अन्य विधामा पनि प्रथम, द्वितीय र तृतीय बन्नेहरूलाई नगद सहित प्रमाणपत्रको व्यवस्था गरिएको विद्यार्थी समाजका अध्यक्ष तथा मेलाका संयोजक राजु पौडेलले बताए ।
भलिबल तथा छेलो प्रतियोगिता भाद्र २० गते दर खाने दिनमा सम्पन्न गर्ने र मेला उद्घाटन तथा मेलाका अन्य बाँकी सबै आकर्षणहरू भाद्र २१ गते हरितालिका तीजको दिन आयोजना गर्ने निर्णय समाजले गरेको छ ।
मेलाको प्रचारप्रसार उपसमितिका संयोजक सन्तोष पौडेलका अनुसार समाजले मनोरञ्जन र खेलकुद सहित विभिन्न सामाजिक सेवाका कामहरू गर्दै आइरहेको छ । यसअघि समाजले विद्यालयमा सेनीटरी भेन्डिङ मसिन उपलब्ध गराउन पहल गर्ने, फरक क्षमता भएका व्यक्तिलाई ह्वील चियर उपलब्ध गराउने, मातृ संस्था तथा छिमेकी विद्यालयहरूमा समेत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने, अक्षयकोष स्थापना, छात्रछात्राका लागि विशेष पुरस्कार वितरण, शिक्षक र विद्यार्थीमा रक्त समूह पहिचान, शिक्षकहरूलाई पुरस्कार वितरण लगायतका कामहरू गर्दै आइरहेको संयोजक पौडेलले बताए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive