मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

उद्योग व्यापार महासङ्घ पर्वतको अध्यक्षमा अधिकारी सर्वसम्मत

भदौ २, २०८१
पर्वत : नेपाल उद्योग व्यापार महासङ्घ पर्वतको प्रथम अधिवेशनले दीपक अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले सर्वसम्मत रूपमा आगामी दुई वर्षका लागि कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा टेकबहादुर थापा र राम बहादुर सुवेदी, महासचिवमा जमुना अधिकारी, सचिवमा डिक बहादुर राना, कोषाध्यक्षमा सोनाम थापा क्षेत्री, सह कोषाध्यक्षमा रिता दर्जी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा डम्बर बहादुर बि.क., निर बहादुर बि.क., गोपाल भुसाल, पोषकान्त पौडेल, कुम बहादुर पुन, भीम दर्जी, विष्णु जि.सी, भविशरा बि.क., गणेशबहादुर सुवेदी, गमु शाही हमाल, सम्राट गुरुङ, वीर बहादुर गैरे, विष्णु बि.क., गोविन्द तिवारी, कमल सुवेदी, दुर्गा देवी शर्मा, कमलप्रसाद लामिछाने, जीवन भुर्तेल, शोभाखर तिवारी, देउबहादुर क्षेत्री र रामु गौडेल चयन भएका छन् ।
व्यवसायीहरूलाई राष्ट्रिय स्वाधीनताका लागि एकजुट बनाउने, स्वाधीनता एवं आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, एकाधिकार व्यापारलाई विविधीकरण गर्ने, साना तथा मझौला उद्योगी व्यवासयीहरुको आधार तय गर्न नेपाल उद्योग व्यापार महासङ्घको विस्तार गर्ने, व्यवसायीमैत्री वातावरण निर्माण गर्ने, बन्द गरिएका उद्योगहरू सञ्चालन गर्ने, एकद्धार कर प्रणाली लागू गर्ने, व्यावसायिक एकता कायम गर्ने लगायतका कामहरू गर्न महासङ्घले कसरत गरिरहेको अध्यक्ष अधिकारी बताउँछन् । अधिवेशनबाट चुनिएको पर्वतको नयाँ कार्यसमितिले पनि महासङ्घले बोकेका व्यावसायिक मुद्दा तथा व्यवसायीको हक हितको पक्षमा निरन्तर काम गर्ने उनको भनाइ छ ।
अधिवेशनको उद्घाटनमा बोल्दै केन्द्रीय अध्यक्ष भण्डारीले स्थानीय उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसक्दा त्यसको लाभ उद्योगी व्यवसायीले पाउन नसकेको बताए । स्थानीय घरेलु तथा कृषि उत्पादनलार्ई अरू ठाउँमा पनि परिचित गराउन, त्यसको दिगो व्यवसायीकरण र बजारीकरण र निर्यातकाको लागि नेपाल उद्योग व्यापार महासङ्घले साना र मझौला उद्यमीसँग मिलेर काम गर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासङ्घका उपाध्यक्ष गोमा ढकाल, महासचिव खेम नारायण पराजुली, गण्डकी प्रदेशका अध्यक्ष जनकराज पराजुली, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पर्वत उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कमल बहादुर जिसी, नेपाल उद्योग व्यवसायी महासङ्घ पर्वतका अध्यक्ष हरि ओम शर्मा, लामिछाने, नेकपा माओवादी केन्द्र पर्वत जिल्ला संयोजक उमाकान्त भुर्तेल, गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्याल, पर्वत जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारी, फलेवास नगरपालिकाका उपमेयर शोभा कुमारी क्षेत्री, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसी,नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका सचिव राजबाबु पिसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल उद्योग व्यापार महासङ्घ पर्वतका अध्यक्ष गणेश लामिछानेको अध्यक्षता, नेपाल उद्योग व्यापार महासङ्घका उपाध्यक्ष गोपी अधिकारीको धन्यवाद र महासचिव खड्क प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive