पर्वत : जलजला गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको अमिुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा जलजला गाउँपालिकाको समन्वय र ब्यवस्थापनमा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा जलजला गाउँपालिकाका १२ वटा स्वास्थ्य संस्थाहरुमा ई.एच.एम.आई.एस सफ्टवेयरको जडान कार्य पनि सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख प्रविण शर्माको अध्यक्षतामा जलजला गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन जलजला गाउँपालिकास्थित मल्लाज स्वास्थ्य चौकीका प्रमुख सिनियर अ.हे.व अधिकृत गोरे नेपालीले गरेका थिए । कार्यक्रममा जलजला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्ल सहित स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, पोखराका तथ्याङ्क अधिकृत प्रविण भण्डारी तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गरेका थिए । समग्र कार्यक्रमको समापन जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका १२ वटा स्वास्थ्य संस्था र पालिका स्वास्थ्य शाखा सहित ३२ जनाको सहभागिता रहेको थियो ।