बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

जलजलाका प्रअ र शिक्षकहरूलाई अभिमुखीकरण

पर्वत : पर्वतको जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानाध्यापकहरूका लागि नेतृत्व र क्षमता विकास तथा विषयगत शिक्षकका लागि कार्यविधि अभिमुखीकरण  तालिम सम्पन्न भएको हो । कास्कीको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालयको सभा हलमा भएको कार्यक्रममा  जलजला गाउँपालिकाभित्रका ४४ वटा विद्यालयका प्रधानाध्यापकहरू र विषयगत शिक्षकहरू गरी ७० जनाको सहभागिता रहेको थियो । सी.टी.एफ नेपालका अध्यक्ष बद्री दाहाल र सहायक प्रशिक्षक दिनेश थापाले कार्यक्रमका सहभागीहरूलाई अभिमुखीकरण गरेका थिए ।
कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, शिक्षा शाखा प्रमुख यज्ञ प्रसाद लामिछाने लगायतको पनि सहभागिता रहेको थियो । अध्यक्ष आचार्यले जलजलाको शिक्षालाई नमुना बनाउनको लागि १० प्रकारका कार्यविधि र नौ प्रकारका विषयगत समितिहरू निर्माण गरेर काम थालिएको बताए ।
अभिमुखीकरणमा सहभागी प्रधानाध्यापक र शिक्षकहरुले विज्ञहरू सहित नमुना कार्यविधिहरू निर्माण र विद्यालयमा लागू गर्ने विधिबारे आवश्यक योजनाहरू निर्माण गरेको उनको भनाई छ । अभिमुखीकरणबाट फर्किएपछि अब योजना कार्यान्वयनको लागि विद्यालयहरू सक्रिय हुने भन्दै अध्यक्ष आचार्यले जलजलाको शिक्षालाई प्रविधियुक्त र संस्कारयुक्त बनाउन निरन्तर प्रयास भइरहेको उल्लेख गरे । नमुना कार्यविधि निर्माण गरेर जलजलाको शिक्षा क्षेत्रलाई दशकै नमुना बनाउने गरी काम गरिने र विगतदेखि नै शिक्षा क्षेत्रमा सुधार ल्याउन धेरै उल्लेखनीय कामहरू भएको उनको भनाइ छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive