बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

रेडक्रसको आयोजनामा राष्ट्रिय बालमा डेंगु सचेतना कार्यक्रम सम्पन्न

कार्तिक २६, २०८१
पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय बाल शिक्षा सदन विद्यालयमा डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको आयोजनामा भएको कार्यक्रममा सहभागी भएका विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई डेंगु लाग्ने कारण, लाग्न नदिन अपनाउनुपर्ने उपाय, डेंगु भएमा देखा पर्ने लक्षण, उपचार लगायतको विषयमा जानकारी गराइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा पर्वत शाखाका सभापति रुद्रबहादुर रिमालले घर आसपासमा रहेको फोहर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि बढ्दै जाने भएकोले सचेत हुन स्वास्थ्य कार्यालयले अनुरोध गरे ।
लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने लगायतका उपायहरूबारे कार्यक्रममा छलफल भएको छ । कार्यक्रमपछि विद्यालय प्राङ्गणमा रहेका लामखुट्टे र लामखुट्टेका फूल नष्ट गर्न ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । शिक्षक, विद्यार्थी र रेडक्रसकर्मीहरूले पानी जम्ने खाडलहरू पुर्ने, प्राङ्गण सरसफाइ गर्ने लगायतका कामहरू गरिएका हुन् ।
सोही कार्यक्रमको अवसर पारेर हालै मात्रै नेपाल रेडक्रसको केन्द्रीय सदस्यमा मनोनीत भएका पर्वत रेडक्रसका सभापति रुद्रबहादुर रिमाललाई बधाई तथा शुभकामना पनि व्यक्त गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रकाश आचार्यले पनि डेंगु रोकथामको बारेमा बोलेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive