बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

रोट्रयाक्ट क्लबको आयोजनामा पर्वत अस्पतालमा रक्तदान सम्पन्न

मंसिर १६, २०८१
पर्वत : रोट्रयाक्ट क्लब अफ पर्वतको आयोजनामा पर्वत अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ (नेपाल भुटान) को आयोजनामा रोट्रयाक्ट क्लब अफ पर्वतले ११ औँ स्वर्गीय रोट्राक्ट्रीयन  सचिन स्मृति रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उपचारका लागि पर्वत अस्पतालमा आउने बिरामीहरूलाई आवश्यक पर्ने रगतको आवश्यकता पूरा गर्न अस्पतालमा नै रक्तदान कार्यक्रमको आयोजना गरिएको रोट्रयाक्ट क्लब अफ पर्वतका अध्यक्ष गौतम पौडेलले बताए । उक्त अवसरमा रक्तदान गर्नेहरूको उत्साहपूर्ण सहभागिता रहेको कुल २१ पिन्ट रगत सङ्कलन भएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले युवाहरूले पवित्र मनका साथ सामाजिक सेवाका क्षेत्रमा गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताए । त्यसमा अन्य भन्दा पनि कसैको जीवन बचाउन सकिने रक्तदान कार्यक्रमको आयोजना गर्नु आफैमा महत्त्वपूर्ण भएको उनको भनाई छ । आगामी दिनमा पनि आवश्यक परेको अवस्थामा पर्वत अस्पतालले रोट्रयाक्ट र अन्य सामाजिक सेवामा खटिने हरेक पक्षसँग सहकार्य गर्ने अध्यक्ष गिरीले बताए ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति तथा केन्द्रीय सदस्य रुद्र बहादुर रिमाल र रोटरी क्लब अफ पर्वतका अध्यक्ष विजय चापागाईँले सकारात्मक सोच र सकारात्मक कामले नै वातावरण नै सकारात्मक बनाउने भएकोले असल सामाजिक अभ्यासको लागि क्लबले गरेको कामको प्रशंसा गरे ।
कार्यक्रममा पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का ए.डी.आर.आर चन्द्रभक्त अधिकारी, डिष्ट्रिक ब्लड डोनर तथा सेल चियर अर्जुनबहादुर के.सी, रोट्रयाक्ट क्लब अफ पर्वतका निवर्तमान अध्यक्ष सुजन पौडेल, पर्वत अस्पतालका कम्प्युटर अपरेटर मीनराज के.सी तथा क्लबका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive