मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

पर्वतका शिक्षकलाई प्रश्न निर्माण र नतिजा विश्लेषण सहजीकरण

पर्वत : शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतको आयोजनामा कक्षा ८ को प्रश्न पत्र निर्माण तथा नतिजा विश्लेषणको बारेमा दुई दिने कार्यशाला सुरु भएको छ ।
जिल्लाका सात वटै स्थानीय तहहरूसँगको समन्वयमा प्रश्न निर्माण, प्रश्न बैङ्क निर्माण र नतिजाको विश्लेषणको बारेमा कार्यशालाको आयोजना गरिएको हो । नेपाली, अङ्ग्रेजी, सामाजिक, गणित र विज्ञान विषयमा सहजकर्ताहरू क्रमशः कृष्णराज पौडेल, लक्ष्मी प्रसाद शर्मा, कुमार उपाध्याय लामिछाने, जीवनाथ शर्मा र मेघनाथ आचार्यको सहजीकरण सँगै प्रश्न निर्माणको काम थालिएको हो । नगरपालिकाबाट पाँच जना र गाउँपालिकाबाट तीन जना विषयहरू शिक्षकहरू २५ जना शिक्षकहरूको सहभागिता रहेको कार्यशालामा पाँच वटा विषयहरूमा कम्तीमा पनि तीन÷तीन सेट प्रश्नहरू निर्माण गरिने छ ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख मतिलाल चपाइले कार्यशालामा निर्माण भएका प्रश्नहरू प्रश्न बैङ्कमा रहने र आवश्यकता परेको अवस्थामा स्थानीय तह वा विद्यालयहरूले माग गर्न सक्ने बताए । प्रश्नहरू पाठ्यक्रमको मर्ममा आधारित रहेर विशिष्टीकरण तालिका अनुसार निर्माण गर्न नसक्ने हो भने पाठ्यक्रमले लिएको उद्देश्य नै पूरा हुन नसक्ने उनको भनाइ छ ।
समन्वय इकाईले सात वटै स्थानीय तहहरूसँग समन्वय गरेर नै शैक्षिक गतिविधिहरू सञ्चालन गरिरहेको भन्दै समन्वय प्रमुख चपाइले विद्यालयहरूमा नियमित अनुगमन र सुपरिवेक्षण हुन नसकिरहेको बताए । कार्यक्रममा सहजीकरण गर्दै सहजकर्ताहरूले हाल विद्यालयमा प्रयोग भइरहेका प्रश्नहरू मर्म अनुसार पूरा हुन नसकेको बताएका छन् । हतारमा प्रश्न निर्माण गर्ने, प्रश्न निर्माणमा अल्छी गर्ने, अरूसँग प्रश्न मागेर काम चलाउने लगायतका व्यवहारका कारण प्रश्नले विद्यार्थीहरूका रचनात्मक सीपको परीक्षण गर्न नसकेको उनीहरूको भनाई छ ।
यो कार्यशाला बिहीबार सम्पन्न हुने छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १०
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive