बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

माओवादी केन्द्र कुश्माको अध्यक्षमा के.सी. सर्वसम्मत

पर्वत : नेकपा (माओवादी केन्द्र) कुश्मा नगरपालिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा मीनराज के.सी अविरल सर्वसम्मत भएका छन् ।
कुश्मामा सम्पन्न भएको अधिवेशनले ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा भिमबहादुर नेपाली, जमुना अधिकारी र देवी प्रसाद अधिकारी, सचिवमा राम अधिकारी, सहसचिवमा बलराम पौडेल, कोषाध्यक्षमा अभिलास गिरी चयन भएका छन् । यस्तै सदस्यहरूमा निशा विश्वकर्मा, लक्ष्मण बि.क., रामकृष्ण वैरागी, शैलेन्द्र श्रेष्ठ, खुमबहादुर सुनार, देवराज रेग्मी, निरबहादुर बि.क., कमला परियार, भिमबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ, कुमार परियार, लक्ष्मण जि.सी, इन्द्रप्रसाद श्रेष्ठ, विक्रम ढुङ्गाना, देउकाजी रायमाझी, भविन्द्र गिरी, शुक्रराज शर्मा, राममाया नेपाली, रमेश भण्डारी, टिकाराम पोख्रेल, आनन्द अधिकारी, भुवनबहादुर नेपाली र विनीता अधिकारी चयन भएका छन् ।
अधिवेशन तथा खबरदारी सभाको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) की केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल रहेकी थिइन् । कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रले नयाँ जनवादी लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, र समानुपातिक समावेशी व्यवस्थाका लागि सङ्घर्ष गरिरहेको बताएकी छिन् । अब समाजवादतर्फको यात्रा तय गर्नुपर्ने भन्दै उनले नेपालमा माओवादी केन्द्रको भूमिका, वैचारिक स्पष्टता र भविष्यका योजनाबारे पनि आफ्ना धारणाहरू व्यक्त गरेकी छिन् ।
नेकपा (माओवादी केन्द्र) कुश्मा नगर कमिटीका निवर्तमान अध्यक्ष शङ्कर गिरीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive