बुध, असार ४, २०८२
Wed, June 18, 2025

मोदीले राखेको निःशुल्क मुटु रोग शिविरमा ११ सय बढीको स्वास्थ्य परीक्षण

पुस १६, २०८१

पर्वत : जिल्लाको मोदी गाउँपालिकामा शुक्रवार र शनिवार गरी दुई दिन आयोजित निःशुल्क मुटु रोग परीक्षण शिविरबाट एक हजार एक सय ४४ जना लाभान्वित भएका छन्।
गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ लाजिम्पाट काठमाडौँ र नेपाल कार्डियोडाइबेटिज एन्ड थाइराइड सेन्टर  काठमाडौँको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो। शिविरमा पाँच सय ९५ जनाको मुटुको इसिजी र तीन सय ४७ जनाको मुटुको ईको गरिएछ। शिविरबाट करिब सात लाख मूल्य बराबरको औषधि वितरण गरिएको छ।
गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माका अनुसार शिविर सञ्चालन गर्नको लागि ‘सेभ द हार्ट’ को तर्फबाट कुल २९ लाख ८३ हजार चार सय ५० रुपैयाँ बराबरको सहयोग प्राप्त भएको थियो। गाउँपालिकावासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘सेभ द हार्ट’ ले आफ्नो परियोजना समेत मोदीमा लागू गरिरहेको बताउँदै उनले शिविर राख्नको लागि पनि संस्थाले गरेको सहयोगमा आभार व्यक्त गरिन्। ज्येष्ठ उमेरमा स्वास्थ्य संस्थासम्म जाने कठिनाइ, नजिकै स्थानीय रूपमा मुटुका विशेषज्ञ चिकित्सक नपाउनु तथा आर्थिक समस्याका कारण पनि रोग पालेर घरमा नै बसिरहेकाहरूको लागि शिविरले धेरै राहत मिलेको अध्यक्ष शर्माको भनाई छ।
शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ द्वय डा. अनिल भट्टराई र डा. सूर्य देवकोटा सहितको विशेषज्ञ चिकित्सक टोलीले मुटु रोगको परीक्षण गरेका थिए। प्रशोधित खाद्यपदार्थका रूपमा जङ्क फुड, मिठाइ र अत्यधिक तेलमा पकाइएको खानाको बढी सेवन, धेरै नुन र चिनीयुक्त खानाको प्रयोग, हरियो तरकारी, फलफूल, र पोषणयुक्त खानाको कमी, विशेष गरी सहरी क्षेत्रमा जीवनशैली धिमा हुनु, कार्यालयको कामसँग सम्बन्धित बसिरहेको जीवनशैली, नियमित व्यायाम गर्ने बानी नबस्नु लगायतका कारण नेपालीहरूमा मुटु रोगको समस्या बढ्दै गइरहेको डा. भट्टराईले बताए।
यस्तै धूम्रपान, मदिरा सेवन, गुट्खाको खाने बानी, आधुनिक जीवनशैलीका कारण तनाव, चिन्ता, र निद्राको समस्याले पनि मुटुमा नकारात्मक असर गर्ने उनले बताए।  मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलजस्ता रोगहरूलाई बेवास्ता गर्ने,  थाइरोइड र मोटोपना, नियमित स्वास्थ्य परीक्षणको अभाव, मुटु रोगका प्रारम्भिक लक्षणलाई बेवास्ता गर्नुले पनि मुटु रोग बढिरहेको भन्दै डा. भट्टराईले मुटु रोगबाट बच्नका लागि स्वस्थ जीवनशैली, सन्तुलित आहार, नियमित व्यायाम, र स्वास्थ्य परीक्षणमा ध्यान दिनु आवश्यक रहेको सुझाए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive