सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । आज प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशले यस्तो आदेश दिएको हो ।
अदालतले मंगलबारभित्र देउवालाई प्रधानमन्त्री बनाउनको लागि परमादेश जारी गर्दै एक हप्ताभित्र संसद् बोलाउनुपर्ने भनेको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी रिट मुद्दाकाे पक्षमा फैसला गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज यस्ताे आदेश गरेकाे हाे ।