साउन १, २०७८
पर्वत : हृदयाघात भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएका कास्कीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई थप उपचारको लागि काठमाडौँ लैजाने तयारी गरिएको छ।
जिसीका प्रेस संयोजक माधव बरालका अनुसार शुक्रवार बिहान करिब चार बजेको समयमा उच्च रक्तचापका कारण हृदयाघात भएको थियो। तत्कालै उपचारको लागि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको हो।
मणिपालमा उपचारका चलिरहँदा पनि मेयर जिसीको शरीरको बायाँतर्फको भाग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकले बताएपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ स्थित न्युरो अस्पतालमा लैजान लागिएको हो।
हृदयघात भएका पोखराका मेयर जिसीलाई थप उपचारको लागि काठमाडौँ लगिँदै
