बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पुल भाँचिएर ट्रक खोलामा खस्दा मुस्ताङमा दुई जनाको मृत्यू

साउन ३, २०७८

साउन ३, २०७८
पर्वत : मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीखोलामा बनाइएको काठको पुलमा ट्रक गुड्दै गर्दा पुल भाँचिएपछि भएको दुर्घटनामा दुई जनाको मृत्यू भएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक रामकुमार दानीका आइतबार बिहान करिब सात बजेको समयमा ग १ ख ६८५२ नम्बरको ट्रक दुर्घटनामा परेको हो। मृत्यू भएकाहरुमा रामेछापको गोकुलगंगा गाउँपालिका–१ का ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती २६ वर्षीया मनिका श्रेष्ठ रहेका छन्। ट्रकमा मृत्यू भएका दुई जना सहित सात जना रहेकोमा अरु चार जना घाइते भएका छन्। घाईते हुनेहरुमा बागलुङको ढोरपाटन नगरपालिका–२ का २२ वर्षिय सुशील घर्तीमगर, २५ वर्षिय लुद्र बहादुर कामी, पर्वतको जिल्ला जलजला गाउँपालिका–४ का १८ वर्षिय सहचालक दिनेश दर्जी र ओखलढुंगाको सिन्चीदोम्बा गाउँपालिका–७ बस्ने अन्दाजी २९ बर्षिय दावा शेर्पा रहेका छन्। उनीहरु मजदुरीका लागि मुस्ताङ पुगेको बताइएको छ।
ट्रकका चालक नवलपरासीको बिनय त्रिवेणी गाउँपालिका–३ का ३६ वर्षिय शिवराम ठाडा मगरको अवस्थामा सामान्य रहेको र उनी प्रहरीको नियन्त्रणमा रहेको डिएसपी दानीले बताए। ट्रकमा एक सय बोरा सिमेन्ट, चार थान प्लाईउड र ५० वटा फलामको ट्रस पाइप रहेको र त्यो सामान ठिनीबाट ती सामान लिएर ढुम्बातर्फ जाँदै गर्दा काठको कच्ची पुलले भार थेग्न नसकेपछि काठ भाँचिएर दुर्घटना भएको हो।
चित्रबहादुरको शव घटनास्थलमै भेटिएको थियो भने उनकी श्रीमतीको शव केही तल खोलामा भेटिएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive