मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

के छन् पर्वत जेसीजका अर्धवार्षिक उपलब्धि ?

साउन १३, २०८२
पर्वत : विभिन्न सामाजिक कामहरू सहित युवाहरूको नेतृत्व तथा क्षमता विकासमा काम गरिरहेको पर्वत जेसीजले आफ्ना अर्धवार्षिक कामहरूको विवरण सार्वजनिक गरेको छ ।
पर्वत जेसीज वर्ष २०२५ का अध्यक्ष अच्युत पौडेलले नेतृत्व सम्हालेपछि भएका विभिन्न कामहरूको बारेमा समेटिएको ‘पर्वत माला’ पुस्तकमा अर्धवार्षिक कामहरूको बारेमा जानकारी गराइएको हो । पर्वत जेसीजले वर्ष २०२५ ले सीप विकासलाई प्राथमिकता दिँदै, अवसर सिर्जना गर्दै र समाजलाई सक्रिय परिवर्तनको दिशातर्फ उन्मुख गराउने उद्देश्य बोकेर अघि बढिरहेको अध्यक्ष पौडेलले बताए । यो वर्ष गरिएका कार्यक्रमहरू आयोजनाका रूपमा सीमित नभई चेतना, सम्भावना र सरोकारका प्रतिविम्ब बनेका उनको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, नेतृत्व, खेलकुद र सामाजिक उत्तरदायित्वमा केन्द्रित कार्यक्रमहरूले हाम्रो उद्देश्यलाई व्यवहारमा उतार्ने प्रयासका लागि नेतृत्व विकास तालिम, करियर गाइड पदयात्रा, रक्त समूह परीक्षण, सरसफाइ अभियान, खेलकुदद्वारा युवा सशक्तीकरण, डिजिटल सञ्जालमा संस्थागत पहिचान विस्तार र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जस्ता महत्त्वपूर्ण कामहरू गरिएको अध्यक्ष पौडेलले बताए ।
उक्त अवधिमा २९ औँ पदस्थापन तथा पुरस्कार वितरण, महाशिवरात्रिको अवसरमा गुप्तेश्वर गुफामा प्रसाद वितरण, संसदीय बैठक प्रणाली तालिम सञ्चालन, शोक सभाहरूको आयोजना, सञ्चालक समिति बैठक सञ्चालन, प्रस्तावित सदस्यता आव्हान, होली मिलन कार्यक्रम, विश्व उपभोक्ता अधिकार दिवसमा सचेतनामूलक कार्यक्रम आयोजना, मल्टी च्याप्टर तालिम कार्यक्रम, पर्वत जेसीजको आधिकारिक गीत सार्वजनिक गरिएका छन् ।
यस्तै साधारण सभाको आयोजना, २०८२ सालको भित्ते पात्रो विमोचन, प्रमुख जिल्ला अधिकारीलाई स्वागत तथा भेटघाट, “फ्रेन्डस अफ प्रदेश अस्पताल“ को रूपमा घोषणा, बोर्ड बैठक सञ्चालन, श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागिता, पर्वतमा ब्याडमिन्टनको प्रतिष्ठा स्थापित गर्न योगदान पुर्‍याउने अध्यक्ष प्रेम गुरुङलाई सम्मान, ब्लड ग्रुपिङ, लोगो डिजाइन कन्टेस्टमा सहभागिता, विश्व वातावरण दिवसमा “जेसीज पदयात्रा”, क्षमता पहिचान तालिम, दुर्लुङ कोटमा रंगरोगन तथा सरसफाइ, आफ्नै ‘वेब साइट’ शुभारम्भ, दोस्रो साधारण सभा आयोजना, सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना लगायतका कामहरू यो अवधिमा भएका छन् ।
समर्पण, सेवा र नेतृत्वको भावनाले भरिएका युवाहरूको सन २०२५ को यात्राको प्रारम्भसँगै नयाँ उत्साहका साथ काम गरिरहेको अध्यक्ष पौडेलले बताएका छन् । शिक्षा, स्वास्थ्य, खेलकुद, तालिम र सशक्तीकरण जस्ता सामाजिक तथा संस्थागत काम गर्दै सीपको विकासलाई नै मूल मन्त्रको रूपमा लिइएको उनको भनाइ छ । विगत छ महिनाको अवधिमा विभिन्न गतिविधिहरू सञ्चालन गर्दा संस्थागत मात्रै नभएर सामाजिक रूपमा समेत गहिरो प्रभाव र सकारात्मक चिन्तनको विकासमा टेवा पुगेको उनेले बताएका छन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive