सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

अब पैयुँ गाउँपालिकाको आफ्नै फार्मेसी सेवा

साउन १५, २०८२

पर्वत : पर्वतको पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो । फार्मेसी सञ्चालनमा आएसँगै अब स्थानीयवासीले जटिल खालका औषधि किन्न अन्य बाह्य बजार धाउनु नपर्ने भएको छ । अस्पतालमै चिकित्सकको सिफारिस अनुसार आवश्यक औषधिहरू सहजै खरिद गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो ।
उपाध्यक्ष याम कुमारी रानाले फार्मेसी सेवाको शुभारम्भले आम नागरिकको स्वास्थ्य पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै भन्नुभयो, “गाउँमै गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो । फार्मेसीको सुरुवातले विशेषगरी टाढा–टाढाबाट आउने सेवाग्राहीलाई धेरै राहत मिल्नेछ ।” पैयूँ गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत जीवन गैरेले यो कदम गाउँपालिकाको स्वास्थ्य सेवामा सुधार र प्रभावकारिता ल्याउने दिशातर्फको महत्वपूर्ण पहल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “फार्मेसी स्थापनाले सहज, सुलभ र प्रभावकारी सेवा विस्तारमा ठूलो टेवा पुग्नेछ ।” पैयूँ आधारभूत अस्पतालमा हाल २ जना चिकित्सक सहित अन्य २० जना कर्मचारीको नियमित सेवा उपलब्ध रहेको छ भने अस्पतालमा डिजिटल मोबाइल एक्स–रेजस्ता उपकरण समेत जडान गरिएको छ ।
साथै, १० शैयाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । स्थानीय तहले स्वास्थ्य सेवाको पहुँचलाई जनमैत्री बनाउन थालेसँगै यसले ग्रामीण क्षेत्रका नागरिकलाई ठूलो राहत दिन थालेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive