पर्वत : बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थानको वडा कार्यालयले ज्येष्ठ नागरिकहरूको घर घरमा मनै पुगेर सामाजिक सुरक्षा भत्ता पाउनको लागि नवीकरणको काम गरेको छ।
शनिवारको दिन भए पनि बिहानैदेखि वडामा छरिएर रहेका टोलमा बसोबास गर्दै आएका अपाङ्गता भएका तथा शारीरिक समस्याका कारण हिँडडुलमा कठिनाइ भएकाहरूको घरमा नै पुगेर नवीकरणको काम गरिएको हो। वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार बर्खाको बेलामा अप्ठ्यारो बनेका बाटाको प्रयोगमा समस्या हुने तथा छरिएर रहेका बस्तीका सबैले नवीकरण र विद्युतीय तथ्याङ्कको बारेमा थाहा नपाएको पनि हुन सक्ने भएकोले कर्मचारी र जनप्रतिनिधिहरूको टोलीले शनिवारदेखि घर घरमा नै पुगेर नवीकरणको काम गरिरहेको हो।
सामाजिक सुरक्षा भत्ता पाउनको लागि अनिवार्य रूपमा ‘डिजिटल’ रूपमा तथ्याङ्क राख्ने अर्थात् ‘बायोमेट्रिक’ गरेको हुनुपर्ने व्यवस्था अनुसार उपकरण सहित पुगेको टोलीले विवरणहरूको ‘बायोमेट्रिक’ अद्यावधिक समेत पूरा गरेको छ। जनप्रतिनिधिहरूको काम नागरिकलाई सकेसम्म सहज गराउने नै भएकोले समस्यामा रहेका ज्येष्ठ नागरिकलाई राहत होस भन्नकै लागि शनिवारको दिन भए पनि समुदायमा पुगेर काम गरिएको वडाध्यक्ष खत्रीको भनाइ छ।
समुदायका विभिन्न टोलमा पुगेर १५ जनाको विवरण अद्यावधिक गरिएको वडा सचिव विष्णु रिजालले बताइन्। विद्युतीय रूपमा विवरणहरू अद्यावधिक गर्नको लागि देशभरबाट एकै पटक अनलाइन प्रयास गर्दा ‘सर्भर’मा समस्या आउन सक्ने भएकोले सार्वजनिक बिदाको दिन पनि काम गरिएको उनको भनाई छ। शनिवारको दिनमा ‘सर्भर’ का प्रयोगकर्ता कम हुँदा बायोमेट्रिक गर्नको लागि सहज हुने भएकोले शनिवारको दिनलाई उपयोग गरिएको वडा सचिव रिजालको भनाइ छ।
कर्मचारीहरू र जनप्रतिनिधिहरूको एक दिनको प्रयासले मात्रै पनि धेरै जनाको काम समयमै सम्पन्न गर्न सहज भएको वडा सदस्य राजु क्षेत्रीले बताए। वडा कार्यालयले सकेसम्म जनताको नजिकै रहेर जनमैत्री काम गर्ने प्रयास गरिरहेको भन्दै उनले साना साना प्राविधिक कामले पनि वडावासीहरूलाई ठुलो सहयोग हुने उनको भनाइ छ।