मङ्ल, मंसिर २३, २०८२
Tue, December 9, 2025

दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सुवेदी सर्वसम्मत

कार्तिक २३, २०८२
पर्वत : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन भएका छन् ।
साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका लागि पठाइएका प्रतिनिधि प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको उपस्थितिमा जिल्लाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा सूदीप क्षेत्री, द्वितीय  उपाध्यक्षमा मञ्जु बि.क. महिला सदस्यमा शवित्री शर्मा (सानु), सचिवमा वसन्त बास्तोला, कोषाध्यक्षमा देवी परियार, सहसचिवमा सन्दीप नेपाली र सह कोषाध्यक्षमा शोभा रिमाल चयन भएका छन् ।
यस्तै सदस्यहरूमा कृष्ण कँडेल, सचिना कुमारी शर्मा, शिव पौडेल, शोभा परियार, प्रकाश पौडेल, शिव पुरी, अप्सन विश्वकर्मा, सफल परियार, गणेश पौडेल, सागर नेपाली, समीर रामदाम, निलम सुनार, शलिना गुरुङ, आश्मिक परियार सर्वसम्मत भएका छन् । सौहार्दपूर्ण वातावरणमा प्रतिष्ठानको विधान अनुसार नै सातौँ अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न भएको केन्द्रीय प्रतिनिधि न्यौपानेले बताए ।
शनिवार कुश्मामा भएको अधिवेशनको अवसरमा प्रतिष्ठानले सामाजिक रूपमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेका छ । जसमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेका निजी सचिव राजेन्द्रबहादुर क्षेत्री, गीतकार डा. शिव सुवेदी, शिवालय युवा विकास मञ्च, पत्रकार संजय रेग्मी लगायत रहेका छन् ।
लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेको प्रथम आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । प्रतिष्ठान पर्वतकी निवर्तमान अध्यक्ष पशुपति कार्की (पूजा) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निवर्तमान प्रथम उपाध्यक्ष सन्तोष सुवेदीले गरेका थिए । स्वागत मन्तव्य निवर्तमान द्वितीय उपाध्यक्ष सुदीप क्षेत्रीले गरेका थिए ।
नयाँ बनेको कार्यसमितिले अबको तीन वर्ष आफ्नो पदाधिकार सम्हाल्ने छ ।
यस्तै आफ्नो तीन वर्षको अवधिमा निवर्तमान अध्यक्ष कार्कीले सफलतापूर्वक पूरा गरेको र प्रतिष्ठान पर्वतलाई देशभरमै उच्च बनाएको कार्यक्रमका वक्ताहरूले बताएका छन् । महिलाको नेतृत्वमा रहेको प्रतिष्ठानले अन्य जिल्लाको भन्दा नमुना कार्यहरू गरेर सफलता प्रदान गरेको उनीहरूको भनाइ छ ।
कार्की नेतृत्वमा नै सातौँ अधिवेशनको अवसरमा सात दिनसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो । यस्तै तीन वर्षे कार्यकालमा पर्वतको समिति गण्डकी प्रदेशमा दुई पटक र केन्द्रमा एक पटक देशकै उत्कृष्ट जिल्ला बनेको निवर्तमान अध्यक्ष कार्कीले बताइन् ।
विपन्न बालबालिकालाई स्टेशनरी र खाद्यान्न वितरण, कलाकार सम्मान, नभ प्रतिभा सम्मान, महिला कालाकार सम्मान, खाद्यान्न वितरण, वृक्षारोपण, सार्वजनिक स्थल सरसफाइ, कुर्ची तथा सङ्गीतका सामग्री वितरण, अपाङ्गता भएका तथा असहायलाई सहायता वितरण, दीर्घ रोगीलाई नगद सहयोग, बालबालिकाको सहयोगार्थ ’जिबब लाइभ कन्सर्ट’, सडक महोत्सव, लोक तथा दोहोरी प्रतियोगिता, लगायत साङ्गीतिक कार्यक्रमहरू आयोजना, विद्यालयहरूमा खाद्यान्न सहयोग, बिरामीहरूका लागि न्यानो कपडा अभियानहरू सञ्चालन भएका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive