बुध, साउन २०, २०८३
Wed, August 5, 2026

नमुना स्काउटको आयोजनामा सहस्र धारामा सरसफाइ

कार्तिक २३, २०८२

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नमुना आवासीय माध्यमिक विद्यालयमा गठित स्काउटको आयोजनामा सहस्र धारामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
नमुना स्काउट ट्रुप कुश्माको आयोजनामा पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सहस्र धारा दिव्य धाममा बृहत् सरसफाइ सेवा कार्य सञ्चालन गरेको हो । परोपकारी भावनाका साथ आयोजना गरिएको कार्यक्रममा संस्थाका परिकल्पनाकार कमल नयन गौतमको विशेष उपस्थिति रहेको थियो । सरसफाइ कार्यक्रममा विद्यालयका झन्डै ५५ जना विद्यार्थी र पाँच जना शिक्षकहरूको सहभागिता रहेको थियो ।
विद्यालयका शिक्षक इन्चार्ज जलन खत्रीले कार्यक्रमको संयोजकत्व गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको व्यवस्थापन समितिको पनि उपस्थिति रहेको थियो । उक्त सरसफाइ कार्यमा सहस्र धारा दिव्य धाम व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर क्षेत्री र सदस्यहरू राम बहादुर क्षेत्री तथा शिशिर क्षेत्रीको पनि सहभागिता रहेको विद्यालयले बताएको छ ।
धार्मिक र पर्यटकीय गन्तव्यहरूलाई सफा, स्वच्छ र चलायमान बनाउन स्थानीय व्यक्ति र संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने मर्मलाई आत्मसाथ गर्दै नमुना आवासीय माध्यमिक विद्यालयले गरेको कामप्रति सहस्र धारा दिव्य धाम व्यवस्थापन समितिले धन्यवाद ज्ञापन गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive