बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

प्रगति संस्कार बाल क्लब कुश्माको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

मंसिर १५, २०८२

कुश्मा : प्रगति संस्कार बाल क्लब कुश्माको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा प्रसिद्ध रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बाल नेतृत्व विकास, सकारात्मक सोच र मानवीय सेवामा समर्पित रहने उद्देश्यसहित गठन गरिएको क्लबले नयाँ कार्यसमितिसँग थप सक्रिय र परिणाममुखी रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
नयाँ अध्यक्षमा चयन भएका प्रसिद्ध रेग्मी सहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । अध्यक्ष रेग्मीले क्लबका आगामी गतिविधिहरूलाई अझ प्रभावकारी र बालमैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
क्लबका संरक्षक रस्मी गौतमप्रति विशेष आभार व्यक्त गरिएको छ । गौतमको निरन्तर मार्गदर्शन, प्रोत्साहन तथा मेहनतले नै बालबालिकाहरूले आजको यो उपलब्धि हासिल गर्न सकेका हुन् भन्ने आयोजकको भनाइ छ । नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा शिवानी शर्मा, सचिवमा एलिस गौतम, कोषाध्यक्षमा स्वर्णिमा श्रेष्ठ, सह–सचिवमा आदित्य पौडेल, सदस्यमा प्रज्वल रेग्मी र सृष्टि नेपाली चयान भएका छन् ।
नयाँ नेतृत्वले सामाजिक सेवा, बाल प्रतिभा विकास, संस्कार अभिवृद्धि तथा समुदायका हितका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । अधिवेशन सफल पार्न सहयोग गर्ने सबैप्रति क्लबले कृतज्ञता व्यक्त गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive