पर्वत : रोट्रयाक्ट क्लब अफ पर्वतको आयोजनामा कुश्माको लोकतान्त्रिक चोकमा १२ औँ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव स्वर्गीय सचिन कुमार श्रेष्ठको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा क्लबका रोटा वर्ष २०२४÷२५ का अध्यक्ष गणेश गौतम, कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति तथा केन्द्रीय सदस्य रुद्र बहादुर रिमाल, क्लबका जन्मदाता पूर्व अध्यक्ष, पूर्व जेड.आर.आर तथा फलेवास नगरपालिका–४ मुडिकुवाका अध्यक्ष अच्युत तिवारी, क्लबका जन्मदाता पूर्व अध्यक्ष केदारनाथ आचार्य, डी.आर.सी सदस्य तथा पूर्व अध्यक्ष अर्जुन बहादुर के.सी (मिसन), पूर्व अध्यक्ष सुजन पौडेल, निवर्तमान अध्यक्ष गौतम पौडेल, क्लबका पदाधिकारी, नेपाल रेडक्रस सोसाइटी पर्वतका प्राविधिकहरू, यम परियार शिव, ट्राफिक प्रहरी हवलदार पुष्पराज भट्ट, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी हवलदार प्रेम प्रसाद तुलाचन र रक्तदाताहरुको सहभागिता रहेको थियो । कार्यक्रमका ३० युनिट रक्तदान भएको छ ।
सचिनको सेवा भाव, समर्पण र मानवीयता आज पनि हरेक रोट्रयाक्ट सदस्यहरूलाई बाटो देखाउने उज्यालो बनेको क्लबले बताएको छ । उहाँकै प्रेरणामा देशका धेरै जिल्ला मा धेरै स्थानमा एकै दिन सञ्चालित रक्तदान कार्यक्रम सञ्चालन भएको थियो । श्रेष्ठले रगत मात्र नभएर आशा, जीवन र मानवीयताको सन्देश पनि दिनुभएको थियो ।




