शनि, माघ १०, २०८२
Sat, January 24, 2026

जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग

मंसिर २८, २०८२
पर्वत : बागलुङको बडीगाड गाउँपालिका–५ निवासी कल्पना खरेलले आफ्नो जन्मदिनको अवसर पारेर स्थानीय एक विद्यालयमा शैक्षिक समग्रीहरु सहयोग गरेकी छिन् ।
दर्जनौँ सामाजिक सङ्घ संस्थाहरूमा आबद्ध भएर विभिन्न सामाजिक कामहरू गर्दै आइरहेकी उनले आफूले अध्यापन गरेको विद्यालयमा सहयोग गरेकी हुन् । ग्वालीचौरमा रहेको पौँदीटारी आधारभूत विद्यालयको कक्षा आठसम्म अध्ययनरत विद्यार्थीहरूलाई स्पोर्टस् पोसाक र आवश्यक विभिन्न शैक्षिक सामग्रीहरू खरेलले सहयोग गरेकी हुन् । आफूले लामो समयसम्म शिक्षण पेसामा समय बिताएको र बालबालिकाहरू आफूलाई निकै प्यारा लाग्ने भएकोले सहयोगका लागि विद्यार्थीलाई नै रोजेको उनले बताइन् ।
जन्मदिन, विवाह उत्सव लगायतका अवसरमा केही न केही सामाजिक काम गर्न सकेमा समस्यामा रहेका अन्य व्यक्तिहरूले कुनै न कुनै रूपले राहत पाउने भएकोले आफूले शैक्षिक सामग्रीहरू वितरण गरेको खरेलको भनाइ छ । उनको जन्मदिनको अवसरमा विद्यार्थीहरूले पनि केक काटेर शुभकामना व्यक्त गरेका छन् ।
खरेल नेपाल ट्रेड युनियन काँग्रेसका प्रचारप्रसार तथा प्रकाशन विभागको सदस्यका रूपमा काम गर्दै आइरहेकी छिन् । उनी नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधि, लायन्स क्लब अफ बडीगाडकी उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी बडीगाड शाखाको सदस्य लगायत दर्जनौँ सङ्घ संंस्थाहरुमा आबद्ध रहँदै आएकी छिन् ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive