मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026

ए.आई.लाई अध्यापनमा जोड्नै पर्छ : अध्यक्ष आचार्य

पुस ५, २०८२

पर्वत : जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले प्रविधिको प्रयोगलाई शिक्षणमा जोड्दा सिकाई उपलब्धिमा सुधार आउने बताएका छन् ।
नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेश कार्यसमितिको आयोजना तथा जलजला गाउँपालिकाको प्राविधिक सहयोगमा शनिवार आयोजना भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ए.आई.को प्रयोगमार्फत शिक्षणमा रूपान्तरण गर्नका लागि शिक्षकहरूको लागि आयोजना भएको कृत्रिम बौद्धिकतासम्बन्धी तालिम सञ्चालन गरिएको हो । प्रविधि विकाससँगै विद्यार्थीहरू पनि प्राविधिक रूपमा सिक्न सक्षम रहेकोले शिक्षकहरुले पनि आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने अध्यक्ष आचार्यले बताए ।
विद्यालय र कक्षाकोठाहरू प्रविधिमैत्री बन्दै गइरहेको अवस्थामा अब शिक्षकहरू प्रविधिसँगै हिँड्न नसक्ने हो भने विद्यार्थी केन्द्रित शिक्षण सिकाई क्रियाकलाप हुन नसक्ने उनको भनाई छ । जलजला गाउँपालिकाले शैक्षिक सुधारका परीक्षा प्रणाली तथा शिक्षण अभ्यासमा पनि रूपान्तरणको प्रयास भइरहेकोमा अध्यक्ष आचार्यले खुसी व्यक्त गरे । परिवर्तनको सुरुवात गर्दा एकै पटकमा नतिजा राम्रो नआउन सक्ने भएकोले निरन्तर प्रयास गरिनुपर्ने उनको भनाई छ ।


कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता हरि विकास जि.सी.ले गाउँपालिकाले शैक्षिक सुधारको लागि गरिरहेको प्रयासका बारेमा बताए । यस्तै गाउँपालिकाका शिक्षा अधिकृत टङ्कनाथ पौडेलले शिक्षकहरूको सक्रियता र विद्यार्थीहरूको तयारीले शैक्षिक सुधार हुने उल्लेख गरे । नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाले शिक्षकहरुलाई प्रबिधिमैत्री बनाउन जलजला गाउँपालिकाले गरेको सहकार्यप्रति आभार व्यक्त गरे । शिक्षकहरुलाई प्राबिधिक रुपमा दक्ष बनाउनका लागि राज्यले विद्यालयहरुलाई प्रबिधिसम्बन्धी उपकरणहरु आवश्यकता अनुसार व्यवस्थापन गर्नुपर्ने बताए । सामुदायिक विद्यालयहरुमा अझै पनि कम्प्युटर शिक्षकको दरबन्दी व्यवस्थापन हुन नसकीरहेको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे ।
प्रशिक्षक प्रशिक्षण तालिममा जिल्लाका विभिन्न विद्यालयका करिब ५० जना शिक्षकहरूको सहभागिता रहेको छ । एक दिवसीय कार्यक्रममा ए.आइ.को प्रयोगबाट विद्यार्थीमा विस्तार गर्न सकिने सिकाई, यसको दुरुपयोगबाट आउन सक्ने चुनौती लगायत विषयमा प्रशिक्षण गरिने छ । उनीहरूलाई प्रशिक्षक श्रीकृष्ण आचार्य लगायतका व्यक्तिहरूले सहजीकरण गर्ने छन् ।
नेपाल शिक्षक सङ्घ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नागेशवर उपाध्यायले गरेका थिए ।

पुस ५, २०८२

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive