बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वत प्याब्सनको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पुस १२, २०८२

पर्वत : निजी विद्यालयहरुको सङ्गठन प्याब्सन पर्वतको आयोजना तथा नमुना आवासीय माध्यमिक विद्यालय कुश्माको व्यवस्थापनमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा १–५ आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जिल्लाका विभिन्न स्थानका १७ वटा विद्यालयहरुको सहभागीता रहेको थियो । बालबालिकाको ज्ञान, बौद्धिक क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले शैक्षिक वातावरणलाई अझ सक्रिय र प्रेरणादायी बनाएको छ ।
जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम बी.क. को प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जन आदर्श बोर्डिङ स्कूल पातिचौर बनेको छ । यस्तै सृजना बोर्डिङ स्कूल बाजुङले दोस्रो र कालीगण्डकी एकेडेमी तेस्रो र नमुना आवासीय माध्यमिक विद्यालय कुश्मा चौथो स्थानमा आएका छन् । विजेता तथा सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार पनि वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम बि.क.ले बालबालिकाको सर्वाङ्गीण विकासमा यस्ता शैक्षिक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरूको ठूलो महत्व रहने बताउँदै सानै उमेरदेखि ज्ञानमूलक गतिविधिमा सहभागी गराउनु भविष्य निर्माणका लागि अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्याब्सन पर्वतका प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक, सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यस किसिमका कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै आत्मविश्वास, तार्किक क्षमता र सामूहिक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive