पर्वत : रोटरी क्लबमा आवद्ध रहेर लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएका विप्लव हमाल जोन २२ को सहायक गभर्नरको रुपमा पुनः नियुक्त भएका छन् ।
रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर बिष्णुबहादुर कार्कीले नियुक्ती पत्र लेख्दै हमाललाई रोटरी वर्ष २०२६–२०२७ का लागि जोन २२ को सहायक गभर्नरका रुपमा नियुक्त गरेको उल्लेख गरेका छन् । कार्कीले आफ्नो पत्रमा विप्लव हमालको “विशाल अनुभव, रोटरी ज्ञान र समाजसेवामा निस्वार्थ प्रतिबद्धता” को प्रशंसा गर्दै, उनलाई यो महत्वपूर्ण पदका लागि चयन गरेको बताएका छन् । उनले भनेका छन, “तपाईंको नियुक्तिले हाम्रो जिल्लामा र रोटरी अन्तर्राष्ट्रियका अध्यक्ष ओलायिन्का हकीम बाबालोका योजनाहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न मद्दत पुर्याउनेछ ।”
वर्ष २०२६–२०२७ को लागि रोटरी क्लबका अध्यक्ष ओलायिन्का हकीम बाबालोको निर्देशनमा नयाँ योजनाहरू र कार्यक्रमहरूको कार्यान्वयनका लागि विप्लव हमालको नेतृत्व आवश्यक रहेको कार्कीले जोड दिएका छन् । उनले रोटरी समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउन र क्लबहरूलाई अझ बलियो र जीवन्त बनाउन सबै स्रोत र प्रयासहरू समर्पण गर्ने आग्रह गरेका छन् ।
पदको जिम्मेवारी लिन तत्पर विप्लव हमालले यस नियुक्ति प्रति आभार व्यक्त गर्दै, आफ्नो नयाँ भूमिका र दायित्व निभाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “यस पदमा रहँदा म रोटरीका उद्देश्यहरूलाई अझ राम्रोसँग पुरा गर्न र हाम्रो समाजमा योगदान पुर्याउन तत्पर छु ।” रोटरी क्लब अफ पर्वत र रोटरी जिल्ला ३२९२ का सदस्यहरूले विप्लव हमालको नियुक्तिलाई रोटरी यात्रामा अर्को सफल शुरुआतको रूपमा लिएका छन् । रोटरीका उद्देश्यहरूलाई अझ मजबुत बनाउने उनीहरुको विश्वास छ ।
हमाललाई रोटरीको जोन २२ को सहायक गभर्नरमा पुनःनियुक्ति
पुस २१, २०८२




